ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटकीयस्थल विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तह मिल्ने– अर्थमन्त्री खतिवडा


एबीसी न्यूज

 

काठमाडौं, २३ असार । अर्थमन्त्री युवराज खतिवडाले पर्यटक गन्तव्यका रुपमा छुटेका र आकर्षण गन्तव्य रहेका पर्यटकीयस्थलको विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तहले मिलेर काम गर्ने योजना बनाइएको जानकारी दिनुभएको छ । विनियोजन विधेयक, २०७६ अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, राष्ट्रिय योजना आयोग तथा राष्ट्रपति र उपराष्ट्रपति कार्यालयका विभिन्न शीर्षकमा विनियोजन बजेट र कार्यक्रमबारे राष्ट्रियसभामा सदस्यले उठाएको प्रश्नको प्रधानमन्त्रीका तर्फबाट जवाफ दिँदै उहाँले धार्मिक, सांस्कृतिक, साहसिक र मनोरञ्जन क्षेत्रका पर्यटकीय गन्तव्यलाई आर्थिक विकास र रोजगारीको सिर्जनाको अवसरका रुपमा विकसित गर्ने प्रयास भइरहेको बताउनुभयो ।

प्रदेश र स्थानीय तहका पर्यटक गन्तव्यको विकास गर्न सङ्घको मुख ताक्नुपर्ने आवश्यकता नरहेको बताउँदै मन्त्री खतिवडाले मुलुक धर्मनिरपेक्ष भइसकेका अवस्थामा धार्मिकस्थल र प्रतिष्ठानलाई सरकारले वित्त व्यवस्था कतिसम्म गर्न सक्छ भनी सोच्न र विचार गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

अर्थमन्त्री खतिवडाले भएको स्रोतको अधिकतम उपयोग गरेर अघि बढ्नेतर्फ हाम्रो ध्यान जान जरुरी रहेको बताउँदै उहाँले भन्नुभयो, “ सरकारले नेपाल वायु सेवा निगमको वाइड बडी जहाजको भारी बोक्नु परेको छ, उक्त संस्थालाई व्यवस्थित रुपमा सञ्चालन गर्न रणनीतिक साझेदार ल्याउने काम निकै अघि बढेको छ, विमानले खर्च गर्न सक्ने पर्यटक बोकेर आउनुपर्छ, व्यावसायिक उडानका लागि साउदी अरब, जापान र चीनको ग्वान्जाओजस्ता आकर्षक गन्तव्यस्थलमा विमान लाने प्रयास भइरहेको छ ।

अन्तरराष्ट्रिय क्षेत्रका लगानीकर्ताले निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा इच्छा प्रकट गरेकाले उपयुक्त लगानीकर्ताको छनोट गरी आयोजना निर्माण सञ्चालनका लागि हस्तान्तरण गर्ने पक्षमा सरकार रहेको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com