ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बसपार्कको धुलो सभागृह सम्म..


एबीसी न्यूज

 

 

काठमाडौं, २३ असार । राजधानीको पुरानो बसपार्क व्यवस्थित हुन नसक्दा यात्रुले पानी परेका बेलामा हिलो र घाम लागेका समयमा धुलोको सामना गर्नुपरेको छ ।

पहिले अद्वैत मार्गमा रहेको पुरानो बसपार्क हाल खुलामञ्चमा सारिएको छ । पहिले पुरानो बसपार्क रहेको स्थानमा भ्यू टावर निर्माण गर्ने सम्झौता काठमाडौँ महानगरपालिकाले गरे पनि काम अघि बढ्न सकेको छैन । टावर निर्माण भएपछि मुनिको भागमा बसपार्क सञ्चालन गर्ने सहमति भएको थियो ।

खुलामञ्चमा अस्थायीरुपमा राखिएकाले बसपार्क व्यवस्थित नगरिएको महानगरपालिकाले बताए पनि चार वर्षदेखि यहीँ बसपार्क चलिरहेको छ । खुलामञ्चमा सारिएको बसपार्कमा रहेका खाल्डाखुल्डी नपुरिँदा वर्षाद्मा पानीको दह जम्ने गरेको छ । बसपार्कमा बनेको पानीको पोखरीले बस चढ्न जानसमेत मुस्किल हुने गरेको यात्रु रामसिंह विश्वकर्माले गुनासो गर्नुभयो ।

बसपार्कको दूरावस्थाले त्यहाँबाट निस्कने धुलो सवारी साधनका माध्यमबाट सडकमा आई राष्ट्रियसभा गृहअघिसम्म धुलो उड्ने गरेको छ । यो मार्गमा हिँड्ने याात्रुले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने अवस्था छ । मास्क नबोक्ने यात्रुले रुमालले मुख नाक छोपेर हिँडेको देखिन्छ । महिला यात्रुले भने सलले नाक मुख छोपेर हिँड्ने गरेका छन् ।

राजधानीको महत्वपूर्ण स्थानमा रहेको बसपार्कसमेत सरोकार भएका निकायले व्यवस्थित गर्न नसक्दा राष्ट्रिय अन्तरराष्ट्रियरुपमा राम्रो सन्देश नजाने यात्रु रमिला महर्जनको भनाइ छ । बसपार्क रहेको महानगरपालिका– २८ कार्यालयले भने पुरानो बसपार्क व्यवस्थित गर्ने काम केन्द्रीयकरण भएकाले समस्या आइरहेको जनाएको छ ।

वडाध्यक्ष भाइराम खड्गी पुरानो बसपार्कसम्बन्धी जन गुनासो धेरै आएकाले सरसफाइ र ढलानको काम वडा कार्यालयले गर्ने प्रस्तावमा महानगरपालिकाले स्वीकृति नदिँदा काम हुन नसकेको बताउनुहुन्छ । “पुरानो बसपार्क क्षेत्रमा सञ्चालनमा रहेका सबै सटर र बसपार्कको भाडा महानगरले लैजान्छ, अव्यवस्थित संरचनालाई व्यवस्थित पनि गर्दैन गुनासो जति वडा कार्यालयमा आउँछ, असार २९ गते बस्ने नगरसभा बैठकमा यो विषयलाई प्राथमिकताका साथ उठाउँछु”, उहाँले भन्नुभयो ।

पानी परेका बेला खुलामञ्चबाट आउने भेलले बसपार्कसम्म जान नसकिने गरेको यात्रुको गुनासो छ । यहाँ ढलसमेत व्यवस्थित नगरिएकाले कहिले त ढलको कुलो नै बग्ने गरेको छ । बसपार्क अव्यवस्थित हुँदा दृष्टिविहीन, अपाङ्गता लगायतलाई समस्या हुने गरेको छ । वीर अस्पतालअघिबाट निजी सवारी साधन सडक झैँ गरी पुरानो बसपार्कमा छिर्न दिँदा पनि यहाँ यात्रुले असुरक्षित अनुभव गर्ने गरेका छन् ।

बसपार्कमा बाहिर जाने आउने बस कुर्ने हो तर यहाँ सडक झैँ गरी निजी सवारी तछाडमछाड गरेर दौडिन्छन् । यसलाई व्यवस्थित ट्र««ाफिक प्रहरीले पनि चासो देखाएको छैन । भ्यू टावर निर्माण कछुवा गतिमा रहेकाले पनि पुरानो बसपार्कको समस्या छिट्टै समाधान हुन नसक्ने वडा कार्यालयले जनाएको छ । भ्यू टावर निर्माणसम्बन्धी उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेकाले पनि काम हुने नहुने निश्चित छैन । यसैले गर्दा खुलामञ्चमा अस्थायी भनी सञ्चालनमा रहेको बसपार्क व्यवस्थित गरिनुपर्ने वडाध्यक्ष खड्गी बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com