ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मनसुनसँगै बाढी, पहिरो र डुबानको जोखिम बढ्दो, विपद व्यवस्थापनको पूर्वतयारी कमजोर ( भिडियोसहित )


एबीसी न्यूज
असार २३, २०७६ सोमबार  ४ : ३३ बजे


काठमाडौं, २३ असार ।  मनसुनसँगै नेपालमा बाढी, पहिरो र डुबानका कारण ठुलो धनजनको क्षति हुने गरेको छ । वर्षेनी हुने यस्तो घटनाको क्षति न्युनिकरण गर्न सरकारको पूर्वतयारी फितलो हुने गरेको छ । गृह मन्त्रालयले पूर्वतयारी स्थानीय तह, प्रदेश सरकारको समेत हुने भएकोले सबै तहको सहकार्यमा पूर्व तयारीको काम अघि बढाउने बताएको छ ।

मनसुुन शुरु भएसँगै नेपालमा विभिन्न प्रकारका विपत्ति आउने गर्छन् । पहाडमा बाढी, पहिरो र तराईमा डुबानको समस्याले वर्षेनी जनधनको ठुलो क्षती बेहोर्नुपर्छ ।

नेपालमा समय–समयमा आउने बिभिन्न प्रकारका विपत्ति कल्पना नगरिकन आएका भने होइन किनकी हरेक वर्ष आउने विपत्तिको निरन्तरताको रुपमा विपत्ति आइरहेका छन् । विपतबाट बच्न जनस्तरबाट तथा सरकारी तहबाट पूर्वतयारीका काम भने कहिल्यै पनि हुने गरेको छैन ।

भएपनि एउटा औपचारिकताको निम्ति मात्रै भएको देखिन्छ । विपद व्यवस्थापनको नाममा सभा, छलफल, बैठक त हुनेगर्छ, तर पूर्वतयारी राम्रो हुंदैन । विपत्ति आउँछ जान्छ र जनधनको ठुलो क्षती गर्छ पूर्वतयारीका लागि गरिएको कामको प्रभावकारीता पटक्कै देखिदैन । पहिले गृह मन्त्रालय अन्र्तगत पूर्व तयारी, राहत, उद्धार तथा पुर्नस्थापनाको काम हुनेगरेको थियो ।

तर मुलुक संघीय प्रणालीमा गइसकेपछि प्रदेश सरकार र स्थानीय तहको पनि जिम्मेवारी बढेको छ । विपत्तिको सामना गर्ने स्रोत, साधन र जिम्मेवारी विभिन्न निकायमा बाँडफाँड हुँदा कुनै विधि, पद्धती र संरचना व्यवस्थित नहुँदा विपत्तिको सामना गर्न सरकारले नसक्ने त होइन भन्ने प्रतित हुन्छ । यद्यपी, गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी गृह मन्त्रालयले आफ्नो जिम्मेवारी अनुसारको पूर्वतयारी गरिरहेको बताउंछन् ।

विपतको सन्दर्भमा काम गर्न विपत जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन २०७४ छ । यसले स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारले गर्ने काम भनेर छुट्याएको छ कागजमा । तर स्रोत, साधन र अनुभवको अभावमा केन्द्र सरकारसँग मात्रै निर्भर रहनुपर्ने बाध्यात्मक अवस्था पनि देखिन्छ । किनकी यस अघि आएका विपत्तिको रोकथाम र सिर्जित समस्याको समाधानमा स्थानीय तहले प्रभावकारी भुमिका निर्वाह गर्न सकेको छैन । त्यसो त, केन्द्र सरकारले ५ प्रदेशमा इर्मजेन्सी अपरेटिङ सेन्टर राखेको छ । त्यस्तै ५ वटै प्रदेशमा सामाग्रीहरु जम्मा गर्ने वेयर हाउस पनि रहेको छ । आपतकालीन हेलिकप्टर सेवा सहित सुरक्षा निकायलाई सर्तक राखिएको गृह मन्त्रालय बताउँछ ।

बाढी पहिरोजस्ता विपत आउन लागे मिडिया, सरकारको अन्य निकाय र वेव साइटमार्फत जनमानसमा पुर्याउन आफुहरु सक्षम रहेको र मास एस एम एस मार्फत जानकारी दिन आफुहरु सक्षम रहेको जल तथा मौसम विज्ञान विभागको भनाइ छ ।

मनसुनको समयमा बाढी पहिरो र डुबानका कारण जनमानसलाई समस्यामा पार्ने हुनाले विभागले दिने पूर्व सुचनाहरुलाई ध्यान दिन मौसम विज्ञान विभागले अनुरोध पनि गरेको छ ।

नेपालमा प्राकृतिक विपत्ति आइरहन्छन् । यसको लागि तिनै तहका सरकार सचेत भएर पूर्वतयारीमा लाग्नुपर्छ । घटना भइसकेपछि काम शुरु गर्नुभन्दा हुनु अगावै आवश्यक सचेतता अपनाउन आवश्यक छ । प्राकृतिक विपत्तिबाट हुने क्षति न्यूनीकरणको लागि सम्बन्धीत पक्ष गम्भीर हुनैपर्छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेशको बाटो अनुचित छ ः राजनीतिक विश्लेषक , आचार्य भिडियो

अध्यादेशमार्फत सत्ता केन्द्रिकरणको जोखिम बढ्दै

सम्बन्धित

२८ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

जेनजी मुभमेन्ट नेपालद्वारा दुरुत्साहन मुद्दामा प्रधानमन्त्री शाहमाथि छानबिन गर्न प्रहरीमा उजुरी

ट्रेड युनियन खारेजी: प्रधानमन्त्रीको ‘सिस्टम सुधार्ने’ अठोट र कर्मचारीको ‘कानुनी लडाइँ’

स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक जोशी पक्राउ

शेखर गोल्छा सीआईबी नियन्त्रणमै, बीमा सम्बन्धी कसुरमा अनुसन्धान जारी

रोशी खोलाको भेलमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com