ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चोरीको १९ वटा मोटरसाइकलसहित १३ जना पक्राउ ( भिडियोसहित )


एबीसी न्यूज

झापा, २३ असार । पछिल्लो समयमा जिल्लाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी हुने घटना ह्वात्तै बढेको छ । विशेष गरी जिल्लाको पूर्व पश्चिम राजमार्ग अन्तरगत बिर्तामोड,मेचीनगर, शिवसताक्षी र दमक बजार क्षेत्रबाट बढी मोटरसाइकल चोरी घटना बढेका हुन् ।

झापामा चोरी घटना बढेको बारेमा उजुरी पर्न थालेपछि झापा प्रहरीले गिरोह पक्राउ गर्न विशेष अभियान सुरु गरेको छ ।प्रहरी विशेष अभियानको क्रममा प्रहरी कार्यालय झापाले यही महिनाभित्रै चोरीको १९ वटा मोटरसाइकलसहित १३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका १३ जनालाई इलाका प्रहरीकार्यालय बिर्तामोडमा शुक्रवार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरूमा गौरादह नगरपालिका २ बस्ने १९ उवर्षीय विजय चौधरी, सोही नगरपालिका ८ बस्ने २२ वर्षीय रोबिन राजवंशी, बाह्दशी गाउँपालिका ७ बस्ने१९ वर्षीय विनोद मुर्मु, सोहीगाउँपालिका ६ बस्ने १९ वर्षीय करण चौधरी, कमल गाउँपालिका ४ बस्ने केशव श्रेष्ठ, शिवसताक्षी नगरपालिका १ बस्ने किरण भण्डारीइलाम चुलाचुली गाउँपालिका २ बस्ने सन्त श्रेष्ठ, शिवसताक्षी ५ बस्ने रमेश ताजपुरीया, सोही ठाउँका प्रेमबहादुर रिमाल, गौरादह नगरपालिका बस्ने सन्त लिम्बु, सोही ठाउ“का प्रकाशन्यौपाने, दमक नगरपालिका ४ बस्ने बसन राई र कमल गाउँपालिका १ बस्ने रामु दमाई रहेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) दिनेशकुमार मैनालीले बताए ।

उनीहरूलाई प्रहरीले झापाको विभिन्न स्थानबाट विभिन्न मितिमा चोरीको १९ वटा मोटरसाइकलसहित पक्राउ गरेको हो ।बरामद गरिएको अधिकांश मोटरसाइकल बजाज कम्पनीको २२० सिसीको पल्सर रहेको जनाइएको छ ।

उनीहरूले चोरी गरिएको मोटरसाइकल पार्किङ स्थलबाट चोर्ने र नम्बर प्लेटपरिर्वतन गरी बिक्री गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले बताए । बरामद गरिएको १९ वटामोटरसाइकल मध्ये सात वटाको वास्तविक नम्बर खुलेको छ ।पछिल्लो चोरीका घटनाबढेपछि प्रहरी सक्रिय त भएको छ । तर आफ्ना सवारी साधनको सुरक्षा आफैले गर्नेमा सवारी धनी पनि सचेत हुन आवस्यक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com