ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साँघुरो कोठामा साफको बन्द प्रशिक्षण


एबीसी न्यूज
असार २३, २०७६ सोमबार  १ : २२ बजे

 

काठमाडौं, २३ असार । तराईको चर्को गर्मी । साँघुरो कोठा र त्यसमाथि पङ्खा नहुँदाको अवस्था । कुस्ती खेलको आउँदो १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता साफ मा भाग लिने नेपाली खेलाडी यस्तै अभाव र समस्याको सामना गर्दै कञ्चनपुरको भीमदत्तनगरमा बन्द प्रशिक्षणरत् छन् ।

जिल्ला खेलकूद विकास समिति कञ्चनपुरको कार्यालय प्रयोजनका लागि बनेको हलमा गत जेठ महीनादेखि राष्ट्रिय कुस्ती खेलाडी प्रशिक्षणमा व्यस्त छन् । विभिन्न खाले समस्यासीत जुधिरहेका ती खेलाडी आफ्नो पीडा सुनाउन बाध्य छन् ।

प्रशिक्षणमा नौ महिला र तीन पुरुष खेलाडी छन् । उनीहरुलाई कञ्चनपुरकै कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले नियमित प्रशिक्षण गराइरहेका छन । “हल साघुँरो हुँदा खेलाडीले राम्रो वातावरणमा प्रशिक्षण गर्न पाइरहेका छैनन्”, प्रशिक्षक चन्दले भन्नुभयो, “देशकै कुस्ती टिम यहाँ प्रशिक्षणमा जुट्दा कसैले वास्ता गरेनन् ।”

उहाँले गत चैतमा सम्पन्न बृहत् राष्ट्रिय खेलकूद प्रतियोगितामा सुदूरपश्चिमका लागि कञ्चनपुरका महिला खेलाडीले सर्वाधिक छ स्वर्णसहित पदक दिलाएकाले साफको बन्द प्रशिक्षण यहाँ आएको बताउनुभयो । “आठौँमा मेडल ल्याउँदा कुस्तीको विकासका लागि भाषण गर्न नथाक्ने अहिले खेलाडी कुन अवस्थामा प्रशिक्षणमा छन् भन्नेबारे बेखबर जस्तै छन्”, चन्दले भन्नुभयो, “हलभित्र भएका दुई वटा पङ्खा पनि राम्रोसित चल्दैन ।”

राष्ट्रिय खेलकूद परिषद्को कार्यक्रमअनुरुप नियमित बन्द प्रशिक्षणमा रहेका कुस्ती खेलाडीको व्यवस्थापनमा जिल्ला खेलकूद विकास समितिले पनि यथोचित ध्यान दिएको छैन । तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता आगामी मङ्सिर १५ देखि २५ गतेसम्म काठमाडौँ र पोखरामा सञ्चालन हुँदैछ ।

नेपाल नै आयोजक रहेका बेला यहाँ खेलाडीको प्रशिक्षण र व्यवस्थापनमा खेलकूद क्षेत्र सक्रिय भएर लागेको देखिँदैन । कुस्तीका लागि १२ मिटर लम्बाइ र १२ मिटर नै चौडाइ भएको हल आवश्यक पर्छ । तर यहाँ खेलाडी तीन मिटर लम्बाइ र सात मिटर जति चौडाइ भएको हलमा प्रशिक्षणमा छन । “हलको समस्यासँगै म्याट कभर मगाएको पनि महीना दिन भइसक्यो, आउँछ भने पनि आएको छैन”, चन्दले भन्नुभयो ।

बन्द प्रशिक्षणमा रहेका त्रिभुवन आर्मी क्लबका खेलाडी सुरेश चुनाराले प्रशिक्षण नियमित भए पनि व्यवस्थापकीय पक्षमा राज्यको ध्यान नपुगेको बताउनुहुन्छ । अठारौँ एशियन खेलकूद प्रतियोगिता भाग लिइसकेका चुनाराले १३औँ साफमा कुस्तीमा पदक ल्याउन खेलाडीलाई बाह्य प्रशिक्षणमा पठाउनुपर्ने सुझाव दिनुहुन्छ । “खेलाडीको तयारी र सुविधामा स्थानीय तह र प्रदेश सरकार पनि गम्भीर भएन”, चुनाराले भन्नुभयो, “गुरुको आफ्नै पहलले व्यवस्थापकीय पक्ष चलेको छ ।”

भारतको गोहाहिटीमा भएको १२औँ साफ खेलकूददेखि महिला कुस्ती समावेश गरिएको हो । उक्त प्रतियोगितामा कुस्ती खेलमा १० वटा बेग्लाबेग्लै तौल समूहमा नेपालबाट महिला खेलाडी सहभागी भएका थिए ।

“बाह्रौँ साफको अनुभवलाई यहाँ आएर आगामी प्रतियोगितामा प्रदर्शन गर्न सक्ने वातावरण नै भएन”, १२औँ साफमा सहभागी कुस्ती खेलाडी कविता पुनले भन्नुभयो, “हाम्रो व्यवस्थापन निकै कमजोर भयो ।” साफको तयारीका क्रममा धेरै खेलका खेलाडी अन्तर्राष्ट्रिय प्रशिक्षणका लागि बाह्य मुलुक गइसकेको भए पनि कुस्तीको कुनै सुरसार नरहेको बताउनुभयो ।

“खेलाडीबाट आशा गर्ने तर व्यवस्थापनमा ध्यान नदिने हाम्रो प्रचलन जस्तै बनिसक्यो”, बन्द प्रशिक्षणमा रहेकी पुनले रासससित भन्नुभयो, “खेलकूदको विकासका लागि नारा बनाएर मात्रै हुँदैन ।”

त्यसैगरी नेपालबाट कुस्तीमा आगामी १३औँ साफमा भाग लिने कान्छी खेलाडी हुन् विराटनगरकी सिजासु गिरी । गत चैतमा भएको बृहत् आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा उहाँ कुस्तीको महिलातर्फ नेपालकै उत्कृष्ट खेलाडी घोषित हुनुभएको थियो ।

उन्नाइस वर्षीया गिरी आठौँमा प्रतिस्पर्धा गर्नुअघि करीब एक महीनाअघि मात्रै कुस्ती खेलमा आउनुभएको थियो । त्यसअघि उहाँ कबड्डी खेलबाट अन्तरराष्ट्रियस्तरको खेलमा सहभागी भइसक्नुभएको थियो । हाल कुस्तीको बन्द प्रशिक्षणमा रहनुभएकी गिरीले आगामी साफमा पराजय व्यहोर्ने कुरा मनमै नराखेको बताउनुभयो ।

निडर स्वभावकी गिरी साफमा पदक ल्याउने प्रतिज्ञाका साथ प्रशिक्षणमा जुटेको बताउनुहुन्छ । “खेल भनेको हार्नका लागि खेल्ने होइन”, गिरीले भन्नुभयो, “बाँकी प्रदर्शनबाट थाहा भइहाल्छ ।” गिरीले प्रशिक्षणका लागि राखिएको ‘म्याट’ मा ‘कभर’ नहुँदा चिपिल्ने गरेको दुखेसो पोख्नुभयो । गत वर्ष पनि एशियन खेलकूदको तीन महीना बन्द प्रशिक्षण भीमदत्तनगरमै भएको प्रशिक्षक चन्दले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेशको बाटो अनुचित छ ः राजनीतिक विश्लेषक , आचार्य भिडियो

अध्यादेशमार्फत सत्ता केन्द्रिकरणको जोखिम बढ्दै

सम्बन्धित

२८ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

जेनजी मुभमेन्ट नेपालद्वारा दुरुत्साहन मुद्दामा प्रधानमन्त्री शाहमाथि छानबिन गर्न प्रहरीमा उजुरी

ट्रेड युनियन खारेजी: प्रधानमन्त्रीको ‘सिस्टम सुधार्ने’ अठोट र कर्मचारीको ‘कानुनी लडाइँ’

स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक जोशी पक्राउ

शेखर गोल्छा सीआईबी नियन्त्रणमै, बीमा सम्बन्धी कसुरमा अनुसन्धान जारी

रोशी खोलाको भेलमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com