ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

औषधिबाट गरिने गर्भपतनमा समस्या


एबीसी न्यूज

 

काठमाडौं, २० असोज । शहरी क्षेत्रमा औषधि सेवन गरेर गर्भपतन गराउने प्रवृत्ति बढेकोमा चिन्ता व्यक्त गरिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज पोखरामा आयोजना गरेको ‘स्वास्थ्य र सुरक्षित गर्भपतन’ सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा सहभागिले चिकित्सकको सल्लाहबिना औषधि पसलमा गएर पारासिटामोलको चक्कीजस्तै गर्भपतन गराउने औषधि उपयोग गर्दा भविष्यमा बाँझोपन र मातृ मृत्युदरको समस्या आउनेतर्फ सचेत बन्नुपर्नेमा जोड दिए ।

स्त्रीरोग विशेषज्ञ डा। गिरीधारी पौडेलले परिवार नियोजनको साधन जस्तो गरी गर्भपतनलाई उपयोग गर्नाले भविष्यमा बाँझोपनको समस्या आउने र सूचीकृत नभएको स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीबाट गर्भपतनका औषधि बिक्री वितरण हुँदा महिलाको स्वास्थ्यमा हानी पु¥याइरहेको बताउनुभयो ।

कानूनी मान्यता पाएसँगै सरकारले गर्भपतन सेवा विस्तार गरेपनि ४२ प्रतिशतले मात्र सुरक्षित रुपमा गर्भपतन गराएको र बाँकीले अझैपनि असुरक्षित तरिकाले गर्भपतन गराएकाले यस सम्बन्धी जनचेतना क्याम्पस तथा समुदायमा सञ्चालन गर्नुपर्ने आश्यकता औल्याइयो ।

नेपालमा महिलाको राजीखुशीले १२ हप्तासम्मको गर्भलाई गर्भपतन गराउन पाउने कानूनी व्यवस्था गरिएको छ । त्यस्तै जबर्जस्ती वा हाडनाता करणीवाट रहन गएको १८ हप्तासम्मको गर्भ तथा गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यान खतरा पुग्ने अवस्थामा जुनसुकै अवधिको पनि गर्भपतन गराउन सकिने कानूनी व्यवस्था छ ।

नेपालमा कूल मातृ मृत्युमध्ये सात प्रतिशत मातृ मृत्यु असुरक्षित गर्भपतनको कारणबाट हुने गरेकाले पनि यसतर्फ अहिल्यै सचेत हुनुपर्ने स्वास्थ्य निर्देशनालयका डा भोजराज गौतमले बताउनुभयो । प्रतिवर्ष तीन लाख २३ हजार महिलाले गर्भपतन गराउने गरेकोमा ५८ प्रतिशतले असुरक्षित गर्भपतन गराउने गरेको बताइन्छ ।

प्रतिवर्ष एक लाख ८६ हजार १४४ महिला तथा किशोरीले असुरक्षित गर्भपतन गराउने गरेको पाइएको गौतमले बताउनुभयो । गौतमका अनुसार गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७४÷७५ मा १३ हजार ९५७ ले गर्भपतन गराएकोमा औषधिको प्रयोगबाट नौ हजार ३९९ र चिरफारको माध्यमबाट चार हजार ५३७ ले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

गर्भपतनले कानूनी मान्यता पाइसकेपनि अझै ६० प्रतिशतलाई महिलालाई यसबारेमा ज्ञान नहुुनु तथा ग्रामीण भेगमा गर्भपतनको सुविधा नहुनुले पनि असुरक्षित गर्भपतनको दर बढेको मातृ स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको आइपास नेपालका थमकुमारी कुँवरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com