ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैंकिङ् कसुर मुद्दामा बैकका कर्मचारीसहित तीन पक्राउ


एबीसी न्यूज

 

काठमाडौं, १८ असार । बैंकिङ कसुरमा कृषि विकास बैंकका कर्मचारीनै संलग्न रहेको फेला परेको छ ।

कृषि विकास बैंक रत्नपार्क कार्यालयको छाप, दस्तखत तथा लेटरप्याडसमेत अनाधिकृत रुपमा प्रयोग गरी ‘एड्भान्स पेमेन्ट ग्यारेण्टी’ तयार गरेर बैंकलाई हानीनोक्सानी पु¥याएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकका कर्मचारीसहित तीन जनालाई पक्राउ गरेपछि उक्त तथ्य फेला परेको हो ।

पक्राउ पर्नेमा बैंकका कर्मचारी भक्तपुर बालकोटका छविलाल ढकाल, ठेकेदार कम्पनी एमएस एमके र वाइपीका प्रतिनिधि धनकुटा, महालक्ष्मी नगरपालिका– ७ बस्ने रणधिर तुम्बा, र बाजुरा घर भई ललितपुर महालक्ष्मी नगरपालिका–२ बस्ने देवजङ्ग शाही रहेको ब्यूरोले जनाएको छ ।

हाल निलम्बनमा रहेका तत्कालीन बैंकका शाखा अधिकृत ढकालले उनीहरुसँग मिलेर बैंकलाई नोक्सानी पु¥याउने उद्देश्यले तीन वर्षअघि रु एक करोड १० लाखको ‘एड्भान्स पेमेन्ट ग्यारेण्टी’ तयार गरी बैंकिङ अपराध गरेको प्रहरीले जनाएको छ ।

उनीहरुको विषयमा अहिले पाटन उच्च अदालतबाट म्याद थप गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक अनुसन्धान गरिरहेको ब्यूरोका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिनुभयो ।

उनीहरुले २०७३ साल असारमा साविक भोजपुर प्राविधिक कार्यालय र ठेकेदार कम्पनी एमएस एमके र वाइपीका बबरमहल काठमाण्डौँबीच भोजपुर– टक्सारकोट–गोगने–लेखर्क सडक स्तरोन्नतिको लागि रु बाह्र करोड ५५ लाख ९७ हजारमा ठेक्का सम्झौता हुँदा नक्कली जमानत पेश गरेको खुल्न आएको छ ।

सो क्रममा बैंकका कर्मचारी ढकालले बंैकबाट ‘एड्भान्स पेमेन्ट ग्यारेण्टी’ तयार पारी उनीहरुलाई उपलब्ध गराएको पाइएको छ ।

उनीहरुले सविक प्राविधिक कार्यालय भोजपुरबाट दुई किस्तामा रु एक करोड १० लाख झुक्तानी लिई सकेकोसमेत खुल्न आएको प्रहरी उपरीक्षक रेगमीले जानकारी दिनुभयो । हाल उक्त सडकको ठेक्का स्थगित भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com