ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यार्थीको रोजाइ निजी होइन सरकारी विद्यालय बन्नुपर्छ


एबीसी न्यूज

 

विराटनगर, १८ असार । विगत ३० वर्षदेखि सामुदायिक विद्यालयमा शिक्षामा देखिएको विकृति र विसङ्गतिलाई निर्मूल पार्न विराटनगर महानगरपालिकाको सत्यनारायण माध्यमिक विद्यालय जोडतोडले लागेको छ ।

पचास वर्ष अघि स्थापना भएको सो विद्यालयमा हाल एक हजार ६०० विद्यार्थी अध्ययनरत छन् । अङ्ग्रेजी र नेपाली माध्यमबाट पठनपाठन भइरहेको सो विद्यालयमा कक्षा १२ सम्मको अध्ययन शुरु भइरहेकामा यस वर्षदेखि विज्ञान विषयको पनि अध्यापन हुने र यसका लागि अनुभवी तथा योग्य शिक्षक, गुणस्तरीय प्रयोगशाला, शैक्षिक सामग्री, शैक्षिक वातावरण, पुस्तकालय र अन्य शैक्षिक क्रियाकलापमा विद्यालयले ध्यान दिएको प्राधानाध्यापक धमेन्द्र खरेलले जानकारी दिनुभयो ।

विसं २०४६ को राजनीतिक परिवर्तनपछि सामुदायिक विद्यालयको गुणस्तर तथा शैक्षिक वातावरण खस्किँदै गएको र यसमा राज्यको लगानी पानी बराबर भइरहेको अवस्थामा यो विद्यालयले गरेको प्रयासलाई विद्यार्थी र अभिभावकले सराहना गरिरहेका छन् ।

राम्रो शिक्षाका लागि विगतमा अभिभावक र विद्यार्थीका रोजाइ निजी तथा आवासीय विद्यालय थियो । यो अवस्थालाई सरकारले चाहेर पनि निर्मूल गर्न नसक्नुका कारण शिक्षकले राजनीतिक भूमिका नै मुख्य थियो । सरकारले लगानी गरेअनुसारको प्रतिफल सामुदायिक विद्यालयले दिन नसकेकाले विद्यार्थी र अभिभावको रोजाइ निजी तथा आवासीय विद्यालय थियो । अहिलेको अवस्थामा सरकारी विद्यालयको गुणस्तर सुधार्न स्वयं विद्यालय व्यवस्थापन समिति र शिक्षक लाग्नुपर्ने आवश्यकतालाई उक्त मावि उदाहरण बनेको छ । विराटनगरमा अहिले आदर्श मावि, पोखरीय मावि र जनता माविमा पनि अङ्ग्रेजी र नेपाली माध्यमबाट पठनपाठन भइरहेको छ । पोखरीय माविमा जनता मावि गाभिएको छ ।

यी विद्यालयले शिक्षाको गुणस्तर र पठनपाठनमा देखाएको जागरुकता, तदारुकताले समस्त विराटनगर र वरपरका अभिभावक खुशी भएका छन् । सत्यनारायण माविका सञ्चालक समितिका अध्यक्ष कुलचन्द्र वस्तीले विद्यालयमा केही समय विकृति र विसङ्गतिले गर्दा गरीब, आर्थिक अवस्था कमजोर भएका परिवारका विद्यार्थीमात्र आउने गरेका थिए तर विद्यालयले यस क्षेत्रमा गरेको प्रयास मेहनतले विद्यालयमा विद्यार्थीको भर्ना चाप बढ्दा सम्हाल्न पनि मुस्किल भइरहको अध्यक्ष वस्तीको भनाइ छ । शिक्षण राम्रो र परीक्षामा पनि राम्रो परिणाम आउन थालेपछि नाम चलेका निजी तथा आवासीय विद्यालय पनि त्रस्त छन् ।

यो अवस्थालाई हामी सबै मिलेर कायम राख्ने र अब विद्यालय शिक्षाको रोजाइ सरकारी विद्यालय नै बनाउने वातावरण सिर्जना गर्ने प्रतिबद्धता अध्यक्ष वस्तीले गर्नुभयो । यस विद्यालयमा दश जोड दुईमा पत्रकारिता विषयको पढाइ पनि भइरहेको छ । उक्त माविका अर्का शिक्षक पुरुषोत्तम गुरागाईंले सरकारी विद्यालय सुधार गर्न सरकारले ठोस कदम चाल्ने पर्ने र निजी तथा सरकारी विद्यालयको भिन्नता देखाउन सकेमात्र सरकारले यस क्षेत्रमा गरेको लगानीले सही प्रतिफल आउने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com