ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कार्य सम्पादनलाई प्रभावकारी र पारदर्शी बनाउनुपर्ने– कानूनमन्त्री कुलप्रसाद केसी


एबीसी न्यूज

 

काठमाडौं, १७ असार ।प्रदेश नं ५ का कार्यवाहक मुख्यमन्त्री एवं आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले राष्ट्रिय कार्ययोजनालाई कार्यान्वयन गरी सरकारको कार्य सम्पादनलाई प्रभावकारी र पारदर्शी बनाउनुपर्ने बताउनुभएको छ ।

प्र्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज बुटवलमा आयोजना गरेको पाँचौँ मानवअधिकार राष्ट्रिय कार्ययोजना परामर्श एवं अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले योजना कार्यान्वयन प्रभावकारी भए मात्रै उपलब्धि हासिल हुने बताउनुभयो । “कानूनअनुसार कारवाही भएन भने मानवअधिकार संरक्षण हुन सक्दैन”, उहाँले भन्नुभयो ।

न्याय कमजोर भयो भने मानवअधिकार सुरक्षित हुन नसक्ने भएकाले कानूनको कार्यान्वयन कडा रुपमा हुनुपर्ने उहाँले धारणा राख्नुभयो । प्र्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डिल्लिराज घिमिरेले सरकारले मात्रै मानवअधिकारको प्रत्याभूति गराउन सम्भव नभएकाले सबैको सहकार्य आवश्यक भएको बताउनुभयो ।

प्रदेश योजना आयोगका उपाध्यक्ष डा ईश्वर गौतमले सबै क्षेत्र र वर्गका नागरिकले अनुभूति गर्ने गरी मानव अधिकारको योजना कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभयो । जिल्ला समन्वय समितिका संयोजक एकराज विश्वकर्माले प्राकृतिक स्रोत साधनको सही प्रयोग गरेर जनतालाई सम्पन्न गराउनेतर्फ लाग्नुपर्ने बताउनुभयो । तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले मानवअधिकारको अवस्था नाजुक रहेकाले यसको सुधारका लागि स्थानीय तहबाट सक्रिय भुमिका खेल्ने बताउनुभयो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव तिर्थराज ढकालले कार्ययोजनाले विषयवस्तु, संरचना र अध्ययनलाई प्राथमिकता दिने भएकाले कुन विषयले कुन उद्देश्य हासिल गर्यो भन्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । मुख्य न्यायाधिवक्ता ठाकुर डिसीले अधिकारको कुरा गर्दा कर्तव्य पनि सँगै जोडिने भएकाले यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नं ५ का निर्देशक सम्झना शर्माले कार्ययोजनाका विषयमा कर्मचारीहरु पनि जानकार रहनुपर्ने र कार्यान्वयन तथा अनुगमको जिम्मेवारी अलग अलग समूहलाई दिनुपर्ने बताउनुभयो । कानून मस्यौदा तथा सुझाव आयोगका सदस्य विष्णु पोखरेल, मानवअधिकार तथा शान्ति समाजका वरिष्ठ उपाध्यक्ष गोविन्द खनाल, अधिकारकर्मी इन्दिरा आचार्य, आनीक राना लगायतले कार्यान्वय प्रभावकारी नहुँदा उल्लेख्य उपलब्धि हासिल हुन नसकेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com