ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आलापोटका ज्येष्ठ नागरिकलाई निःशुल्क औषधि


एबीसी न्यूज

 

 

 

काठमाडौं, १७ असार । कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटका ज्येष्ठ नागरिकलाई मधुमेह, उच्च रक्तचाप र दमको औषधि निःशुल्क उपलब्ध गराइने भएको छ ।

नगरपालिकाको–२ र आलापोट स्वास्थ्य चौकीले आज संयुक्त रुपमा आयोजना गरेको ज्येष्ठ नागरिक सम्मान, ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गका लागि निःशुल्क स्वास्थ्य शिविर एवं औषधि वितरण कार्यक्रममा यस्तो जानकारी गराइएको हो ।

शिविरमा ७० वर्ष माथिका १७० जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरी एक महीनाका लागि निःशुल्क औषधि वितरण गरिएको स्वास्थ्य चौकी प्रमुख स्वास्थ्य सहायक ९हेल्थ असिस्टेन्ट० जगत नेपालीले राससलाई जानकारी दिनुभयो ।

ज्येष्ठ नागरिकलाई निःशुल्क औषधि वितरण गर्न वडा नं।–२ कार्यालय रु ८५ हजार उपलब्ध गराएको पनि उहाँले बताउनुभयो । शिविरमा नेपाल मेडिकल कलेज अत्तरखेलका अस्पताल उपनिर्देशक डा प्रकाशराज पौडेलको नेतृत्वमा पाँच जना चिकित्सकको समूह सक्रिय थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख कृष्णहरि थापाले ज्येष्ठ नागरिकलाई स्वास्थ्य चौकीबाटै सबै सेवा उपलब्ध गराउन नगरपालिकाले आवश्यक साधन र स्रोत उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । वडाध्यक्ष सुदर्शन धिमालले वडाभरका ज्येष्ठ नागरिकलाई वर्षभर मधुमेह, उच्च रक्तचाप र दमको औषधि निःशुल्क उपलब्ध गराइने प्रतिबद्धता जनाउनुभयो । आगामी आर्थिक वर्षदेखि ज्येष्ठ नागरिकलाई ल्याब र भिडियो एक्स–रे सेवासमेत निःशुल्क दिन बजेटको व्यवस्था गरिने घोषणा गर्नुभयो ।

रेबिज भ्याक्सिन खरीद गरेर भए पनि स्वास्थ्य चौकीबाट निःशुल्क सेवा दिने वडा कार्यालयले जनाएको छ । आलापोट स्वास्थ्य चौकीमा विसं २०७५ जेठ २४ गते ‘बर्थिङ सेन्टर’ उद्घाटन भएको थियो । गत वर्ष असार १७ गते नै पहिलो पटक ‘बर्थिङ’ गराएको वार्षिकोत्सवका अवसरमा आज कार्यक्रम गरिएको हो ।

हालसम्म स्वास्थ्य चौकीमा ५८ जना महिलाले प्रसूति सेवा लिएको प्रमुख नेपालीले जानकारी दिनुभयो । स्वास्थ्य चौकीमा राम्रो स्वास्थ्य सेवा पाइने भएपछि टाढा टाढाका बिरामी पनि आलापोटमा धाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com