ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घुस लिएको आरोपमा शिक्षाका सब–इञ्जिनीयर पक्राउ


एबीसी न्यूज

 

 

काठमाडौं, १७ असार । विद्यालयको भवन निर्माणका क्रममा घुस लिएको आरोपमा शिक्षा विकास तथा समन्वय एकाइ काभ्रेपलाञ्चोकमा कार्यरत सब–इञ्जिनीयरसहित दुई जनालाई आज पक्राउ गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी उपरीक्षकको नेतृत्वमा आएको टोलीले सब–इञ्जिनीयर धनवीर भगत र उनका सहयोगी शिक्षाकै पूर्वकर्मचारी सब–इञ्जिनीयर निरजकुमार चौधरीलाई कार्यालयबाटै दिउँसो पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता प्रदीप कोइरालाले काभ्रेपलाञ्चोकको एक विद्यालयमर्मत सम्पन्न भएपछि कागजात मिलाउन विद्यालय व्यवस्थापन समितिबाट एक लाख ५० हजार घुस लिएको आरोपमा भगत र चौधरीलाई शिक्षा विकास तथा समन्वय एकाइ धुलिखेलबाट पक्राउ गरिएको बताउनुभयो ।

शिक्षा विभाग सानो ठिमीमा कार्यरत भगत केही महीनादेखि मण्डनदेउपुर नगरपालिका र महाभारत गाउँपालिकाको विद्यालय मर्मतको जिम्मेवारीमा काम गर्दै आएका थिए । भगतले घुस नलिई काम नगरेको भन्ने गुनासो आयोगमा आएपछि अनुसन्धान तथा पक्राउ गर्न प्रहरी उपरीक्षको नेतृत्वमा आयोग टोली धुलिखेल पठाइएको प्रवक्ता कोइरालाले बताउनुभयो ।

भगतले चौधरीमार्फत घुस रकम लिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको आयोग टोलीका एक सदस्यले जानकारी दिएका छन् । उनका अनुसार भगतले सोमबार काठमाडौँस्थित एक बैंकमा घुस वापतको रकम जम्मा गर्न लगाएका थिए । बैंकमा रकम जम्मा भएको भौचरसहित घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com