ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकीकृत सम्पत्ति करको सट्टा सम्पत्ति र भूमि कर लिइने


एबीसी न्यूज

 

काठमाडौं, १७ असार । धनगढी उपमहानगरपालिका कार्यालयले आर्थिक वर्ष २०६२÷०६३ देखि लगाउदै आएको एकीकृत सम्पत्ति करको सट्टा अब सम्पत्ति कर र भूमि कर ९मालपोत० लिने भएको छ । नगर सभामा पेश गरिएको ‘आर्थिक ऐन २०७६’ मा यो व्यवस्था गरिएको हो ।

आर्थिक ऐन २०७६ पारित भएपछि आगामी साउन महीनादेखि धनगढी उपमहानगर क्षेत्रमा सम्पत्ति कर र भूमि कर ९मालपोत० कार्यान्वयनमा आउने उपमहानगरपालिका कार्यालयका वरिष्ठ लेखा अधिकृत डिल्लीराज ओझाले बताउनुभयो ।

हाल चलिरहेको नगर सभामा उक्त ऐन पारित हुने क्रममा छ । आर्थिक ऐन २०७६ मा घरबहाल, व्यवसाय, सवारीसाधन, विज्ञापन, मनोरञ्जनलगायत शीर्षकमा कर तथा शुल्क लगाउने व्यवस्था गरिएको छ ।

उपमहानगरपालिकालाई सम्पत्ति कर र भूमि करबापत आगामी आर्थिक वर्षमा रु चार करोड आम्दानी हुने अनुमान गरिएको छ । आव २०७६÷०७७ का लागि सम्पत्ति कर प्रयोजनका लागि जग्गाको मूल्याङ्कन गरी करको दरसमेत तोकिएकामा वडा नं २ र ४ को धनगढी ट्रफिक चोकदेखि कैलाली पुलसम्मको कालोपत्रे सडकसँग जोडिएको जग्गाको रु ७० लाख मूल्याङ्कन गरिएको छ ।

कैलाली पुलदेखि जिल्ला प्रहरी कार्यालय, पुलसम्मको कालोपत्रे सडकसँग जोडिएको जग्गाको रु ६५ लाख मूल्याङ्कन गरिएको छ ।

१९ वडा रहेको उपमहानगरपालिका क्षेत्रमा शहरी क्षेत्रका वडामा बाटोसँग नजोडिएका कित्ताको रु एक लाख ५० हजार र ग्रामीण क्षेत्रका वडामा बाटोसँग नजोडिएका कित्ताको रु ५० हजारदेखि एक लाखसम्म मूल्याङ्कन गरिएको छ ।

कालोपत्रे सडक, ग्राभेल सडक र कच्ची सडकसँग जोडिएका कित्ताको अलग अलग मूल्याङ्कन गरिएको छ । सम्पत्ति करको हकमा रु पाँच लाखसम्म मूल्याङ्कन गरिएको सम्पत्तिको कर रु ५० लिइने ऐनमा प्रस्ताव गरिएको छ ।

कायम भएको मूल्याङ्कनमा रु एक लाख मूल्य बराबरको न्यूनतम रु १५ देखि अधिकतम रु १३० सम्म सम्पत्ति कर लिइने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com