ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आपसमा दोषारोपण नगरौँ – सभामुख महरा


एबीसी न्यूज

 

काठमाडौं , १६ असार । सभामुख कृष्णबहादुर महराले लोकतन्त्र र गणतन्त्रका लागि योगदान गरेका दलबीचको अन्तरविरोधमा कोही खेल्न नसकोस् भनेर सचेत भएर अघि बढाउनुपर्ने बताउनुभएको छ ।

पूर्वसांसद मञ्च, नेपालद्वारा ६१औँ संसद् दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले विगतको अनुभवबाट वर्तमानको चुनौतीलाई पार लगाउँदै अनुकूल र सम्भावनायुक्त भविष्यको मार्ग सुनिश्चित गरेर अघि बढ्न सक्नुपर्छ भन्नुभयो । सभामुख महराले भन्नुभयो, “विगतको कमी कमजोरीलाई लिएर एकआपसमा दोषारोपण गर्ने होइन, कसको कारणले संसदीय अभ्यास धरापमा परेको हो, त्यसको समीक्षा गरौँ ।”

उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले पूर्व र वर्तमान सांसद मिलेर नेपाली जनताको उज्वल भविष्यको रेखा कोर्नुपर्छ भन्नुभयो । नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कतिपय दलका शीर्ष नेताबाटै संसदीय व्यवस्था र अभ्यासबारे गरिएको टिप्पणीले आम जनतामा दुविधा उत्पन्न गरेको मात्र नभई द्वन्द्वको खतरा र विश्वास गुम्ने हो कि भन्ने शङ्का पैदा भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी सबैले संविधान बनाएका थियौँ, संसदीय व्यवस्था र लोकतन्त्रलाई स्थापित गरेका थियौँ, त्यसको सुन्दर पक्ष कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको शक्ति पृथकीकरण र सँगसँगै हिँड्नसक्ने तीनवटै अङ्गको भूमिका, स्वतन्त्रता र समन्वयको सम्मान गरिनुपर्दछ । ”

पूर्वसभामुख तारानाथ रानाभाटले मुलुकको विकास र समृद्धिका लागि संसद्वादी राजनीतिक दलबीच निरन्तर सहमति र सहकार्य आवश्यक छ भन्नुभयो । राष्ट्रियसभामा सत्तापक्षका नेता दीनानाथ शर्माले परिवर्तनकारी राजनीतिक दल चुनौतीको सामना गर्न एक ठाउँमा उभिएनन् भने अप्ठ्यारोको सामना गर्नुपर्दोरहेछ भन्ने विगतको तीतो अनुभवबाट संविधानको मर्म र भावनाअनुरुप लामो समयसम्म सहकार्य र एकता कायम गरेर अघि बढ्नुको विकल्प छैन भन्नुभयो ।

राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले लोकतन्त्रका पक्षधरबीच सहमति र सहकार्यको संस्कृतिलाई जीवन्त राख्नुपर्नेमा त्यो नगरेका कारण जनता सरकारले अघि बढाएको विभिन्न विधेयकका विरुद्धमा सडकमा उत्रन बाध्य भएको तर्क प्रस्तुत गर्नुभयो ।

पूर्वसांसद मञ्चका कार्यवाहक अध्यक्ष झलकनाथ वाग्ले, उपाध्यक्ष गोविन्दबहादुर शाह र महासचिव शङ्करनाथ अधिकारीले सक्षम संसद्, सक्रिय सांसद जनताको चाहना भएको हुँदा त्यसअनुरुप कार्यसम्पादन गर्न वर्तमान सांसदलाई सुझाव दिनुभयो ।

सो अवसरमा मञ्चद्वारा वार्षिकरुपमा प्रकाशित बुलेटिनको चौथो अङ्क लोकार्पण गरिएको थियो । मुलुकमा प्रजातन्त्र स्थापना भएपछि पहिलोपटक २०१५ सालमा भएको संसदीय निर्वाचनमा विजयी भएका सांसदले शपथ लिएको दिन असार १६ गतेलाई संसद् दिवसका रुपमा मनाउने गरिएको छ । उक्त निर्वाचनमा नेपाली काङ्ग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि बिपी कोइरालाको नेतृत्वमा पहिलो जननिर्वाचित मन्त्रिपरिषद् गठन भएको थियो । राजा महेन्द्रले उक्त मन्त्रिपरिषद्लाई विघटन गरी नेताहरुलाई जेल हाल्नुका साथै मुलुकमा एकदलीय पञ्चायती व्यवस्था लागू गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com