ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इतिहासमा पहिलो पटक सांसदहरुको भिडियो प्रोफाईल सार्वजनिक


एबीसी न्यूज

 

काठमाडौं , १६ असार । संसदीय इतिहासमा पहिलो पटक सांसदहरुको भिडियो प्रोफाईल तयार पारिएको छ । .संघीय संसदका सम्माननीय तथा माननीय सदस्यहरुको भिडियो प्रोफाईल आज सार्वजनिक भएको हो । ६१ औ संसद दिवसको अवसरमा सिंहदरबारस्थित कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा आयोजित कार्यक्रममा संसद सचिवालयले तयार पारेको भिडियो प्रोफाईल सार्वजनिक गरियो ।

समारोहलाई सम्बोधन गर्दे सभामुख कृष्णबहादुर महराले सरकारको सबै प्रणालीलाई पेपर लेस गरि डिजिटलाइज्ड बनाउने अभियान अन्र्तगत नै सांसदहरुको भिडियो प्रोफाईल तयार पारिएको बताउनुभयो । उहाँले सांसदहरुलाई सचिवालयले उपलब्ध गराउन लागेको ल्यापटपका बारेमा गलत प्रचार गर्न खोजिएको गुनासो गर्नुभयो । उहाँले मन्त्रीपरिषद् बैठकमा पेपर लेस गरि ल्यापटप प्रयोग गरिएजस्तै सांसदहरुलाई पनि संसदीय गतिविधिमा प्रयोग गर्ने गरि ल्यापटप दिन लागिएको स्पष्ट पार्नुभयो ।

समारोहलाई सम्बोधन गर्दै उपसभामुख शिबमाया तुम्बाहाङफेले संसदीय इतिहासमा पहिलो पटक सांसदहरुको भिडियो प्रोफाईल बनेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले इतिहास लेख्ने र इतिहास खोज्ने सबैका लागि महत्वपुर्ण दस्तावेज को रुपमा भिडियो प्रोफाईल रहेको बताउनुभयो ।

राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले जनताको अस्थाको केन्द्र संसद बाहेक अर्को होइन भन्ने प्रमाणित गर्न सक्नुपर्ने बताउनुभयो । जनताको जुनसुकै समस्या पनि संसदबाटै समाधान हुन्छ भन्ने प्रमाणित गर्न सकेमा संसदप्रति जनविश्वास बढ्ने र त्यो नै संसद दिवस मनाउनुको सफलता ठहर्ने तर्क उहाँले गर्नुभयो ।
संघीय संसद सचिवालयले तयार पारेको सांसदहरुको भिडियो प्रोफाईल संसद दिवसको सन्र्दभ पारेर सार्वजनिकिकरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com