ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘पर्यटक प्रहरी मोबाइल एप’ सञ्चालन हुने


एबीसी न्यूज

 

काठमाडौं , १६ असार । सरकारले नेपाल भ्रमण वर्ष सन् २०२० को तयारी तीव्ररूपमा गरेसँगै नेपाल पर्यटन बोर्डले ‘पर्यटक प्रहरी मोबाइल एप’ सञ्चालनमा ल्याउन लागेको छ । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सरकारले पर्यटकको सुरक्षा र पर्यटकलाई पर्नसक्ने समस्या समाधानका लागि एक हप्ता पछि सञ्चालन हुने गरी सो एप सञ्चालनमा ल्याउन लागेको हो ।

सो एपमा पर्यटक प्रहरी रहेको स्थान, पर्यटकले नेपालमा बस्दा गर्न हुने र गर्न नहुने काम, हटलाइन नम्बर, कुनै घटना घटिहालेमा प्रहरीलाई खबर गर्ने तरिका, पर्यटकका प्रतिक्रिया लेख्न मिल्ने व्यवस्था गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । एपमा जनपद प्रहरी रहेको नजिकको स्थानसमेत राखिएको हुँदा पर्यटकलाई थप सहज हुनेछ ।

पर्यटकलाई सुरक्षा र जानकारी दिन एपले सहयोग पुग्ने पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका प्रमुख अमृतबहादुर बस्नेत बताउनुहुन्छ । “एप सञ्चालनसँगै पर्यटकलाई खोजी गर्नसमेत सहज हुन्छ”, उहाँ भन्नुहुन्छ । यस्तै, काठमाडौँ उपत्यकाभित्र रहेका पर्यटकीय क्षेत्रका बारेमा पर्यटकलाई सूचना दिन र पर्ने समस्या समाधान गर्न ठमेलमा महानगरीय सूचना केन्द्रको स्थापना गर्न लागिएको छ ।

भ्रमण वर्षलाई सफल बनाउन नेपाल पर्यटन बोर्ड र पर्यटक प्रहरी भृकुटीमण्डपको आयोजनामा काठमाडौँ महानगरपालिका–२६ मा उक्त केन्द्र स्थापना गर्न लागिएको हो । पर्यटक प्रहरीले यसैवर्ष पर्यटकको बढ्दो आगमनलाई मध्यनजर गर्दै काठमाडौँको बौद्ध, तनहुँको बन्दिपुर र चितवनको पटिहानीमा अस्थायी पर्यटक प्रहरी कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com