ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महाधिवेशनले नेकपाको मार्गदर्शक सिद्धान्तको टुङ्गो लगाउँछ– मन्त्री ज्ञवाली


एबीसी न्यूज

 

काठमाडौं, १३ असार । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कम्युनिष्ट पार्टी९नेकपा०ले अवलम्बन गर्ने सिद्धान्तका विषयमा कुनै विवाद नरहेको बताउनुभएको छ । मदन भण्डारी बौद्धिक मञ्चले आयोजना गरेको ‘समाजवादउन्मुख अर्थ व्यवस्था, आजको आवश्यकता’ विषयको गोष्ठीमा उहाँले पार्टीको अबको महाधिवेशनले मार्गदर्शक सिद्धान्तका बारेमा टुङ्गो लगाउने बताउनुभयो ।

नेकपाको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ वा ‘जनताको जनवाद’ विषयमा विवाद बढिरहेको भन्ने खबर आइरहेका बेला मन्त्री ज्ञवालीले सिद्धान्तका कारणले नेकपामा कुनै समस्या नआउने बताउनुभयो । उहाँले पार्टीमा कुनै वैचारिक अन्योलता नरहेको जिकिर गर्दै कम्युनिष्ट अन्दोलनका विषयमा कुनै प्रश्न आएमा उत्तर खोज्न तयार रहनुपर्ने बताउनुभयो ।

उहाँले मदन भण्डारीले प्रतिपादन गरेको जबजको सिद्धान्तका कारण सङ्कटमा पर्दै गइरहेको कम्युनिष्ट आन्दोलनले सार्थकता पाउन सकेको बताउनुभयो ।

“मदन भण्डारीले अन्तरराष्ट्रिय कम्युनिष्ट आन्दोलनका कमजोरीलाई समेत औँँल्याउन सफल हुनुभयो”, उहाँले भन्नुभयो, “माक्र्सवादको सिद्धान्तलाई सिर्जनात्मक ढङ्गले विकास र प्रयोग गर्नमा जोड दियो ।” नेकपाका स्थायी समिति सदस्यसमेत रहनुभएका ज्ञवालीले भण्डारीकै नीति र सिद्धान्त अवलम्बन गरेकै कारण नेपालमा कम्युनिष्ट पार्टीको लोकप्रियता उच्च रहेको बताउनुभयो ।

“बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्थाका कारण आज नेपालमा दुई तिहाइको कम्युष्टि सरकार निर्माण भएको छ”, उहाँले भन्नुभयो, “क्रान्ति र हिंसा कम्युनिष्ट पार्टीको पर्यावाची शब्द हुन नसक्ने कुरामा भण्डारी सधैँ दृढ रहनुभयो ।” शान्तिपूर्ण राजनीतिक प्रणालीलाई अवलम्बन गरेकै कारण देश कम्युनिष्टमय बनी दुई तिहाइको सरकार निर्माण भएको उहाँले बताउनुभयो । उहाँले नेकपा एमाले र नेकपा ९माओवादी केन्द्र०बीच एकता भई एउटै विशाल पार्टी बन्नुमा पनि भण्डारीको सिद्धान्तले काम गरेको बताउनुभयो । उहाँले अब बन्ने समाजवाद नेपालको परिवेश अनुकूल लोकतान्त्रिक विशेषतायुक्त हुने बताउनुभयो ।

मन्त्री ज्ञवालीले सरकारले प्रभावकारी ढङ्गले कार्यसम्पादन गरिरहेको दाबी गर्नुभयो । “सरकार गठन हुँदा सङ्घीयताले खुट्टा टेक्ने अवस्था थिएन”, उहाँले भन्नुभयो, “६० वटा कानून निर्माण भइसकेका छन्, आधारभूतरुपमा सरकारले काम गरिरहेको छ ।” उहाँले राष्ट्रिय पूँजी निर्माण कमजोर रहेका कारण खर्च धान्न सरकारलाई हम्मेहम्मे परिरहेको बताउनुभयो । उहाँले स्रोतसाधन नहुँदा अर्थतन्त्रमा छ मिलियन डलरको अभाव रहेको बताउनुभयो । ज्ञवालीले सरकारले ७।१ प्रतिशतले आर्थिक वृद्धि दर हासिल गरेको जानकारी दिँदै प्रतिकूलताका बाबजुद पनि अपेक्षित प्रगति हासिल गर्न सफल भएको बताउनुभयो ।

ज्ञवालीले यो सरकारले विभिन्न मुलुकसँगको सम्बन्धलाई बलियो बनाउन सफल भएको बताउनुभयो । “अन्तरराष्ट्रिय फोरममा नेपालका एजेण्डा राख्न सफल भएका छौँ”, उहाँले भन्नुभयो, “हाम्रा एजेण्डाले विषय पाउन थालेका छन्, यो पनि सरकारको सफलता नै हो ।” उहाँले गहिराइमा गएर अध्ययन गर्ने बानीको अभावले समाज प्रतिक्रियात्मक बन्दै गइरहेको बताउनुभयो । “अध्ययन नगर्नाले हल्लाका पछि लाग्ने जमात ठूलो हुँदैछ”, उहाँले भन्नुभयो, “अब बौद्धिक बहस र हस्तक्षेपको खाँचो छ ।”

कार्यक्रममा डा प्रेम दङ्गालले ‘समाजवादउन्मुख अर्थ व्यवस्था आजको आवश्यकता’ विषयको कार्यपत्र प्रस्तुत गर्दै बजार अर्थव्यवस्थाबाट समाजवादउन्मुख कार्यक्रम लागू गर्दै समाजवादमा पुग्ने बताउनुभयो ।

उहाँले राज्य र निजी क्षेत्रबीच प्रतिष्पर्धा र सहकार्यको आवश्यकता रहेको बताउनुभयो । कार्यपत्रमाथि प्रा डा केशव खड्काले टिप्पणी गर्नुभयो । कार्यक्रममा मञ्चका केन्द्रीय अध्यक्ष कुलबहादुर आचार्य, निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाल, मदन भण्डारी फाउण्डेसनका संस्थापक गुरु बरालले मन्तव्य राख्नुभएको थियो । सोही अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले मञ्चले प्रकाश गरेको ‘बौद्धिक अभियान’ नामक पुस्तकको लोकार्पणसमेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com