ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शान्तिपूर्ण विरोध गर्न पाउने अधिकारको रक्षा गर्न माग


एबीसी न्यूज

 

काठमाडौं, १३ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस लगायत दलले शान्तिपूर्ण रुपमा विरोध गर्न पाउने अधिकारको रक्षा गर्न सरकारसँग माग गरेका छन् ।

सभामुख कृष्णबहादुर महराले आज सङ्घीय संसद् प्रतिनिधिसभाको बैठकको कारवाही शुरु गर्नुभएपछि काङ्ग्रेस र राष्ट्रिय जनता पार्टी ९राजपा० का सांसदले देशका विभिन्न भागमा शान्तिपूर्ण रुपमा भइरहेका दमन विरुद्ध उठेर विरोध जनाएका थिए ।

उठेर विरोध जनाएपछि सभामुख महराले काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणलाई बोल्ने समय दिनुभएको थियो । उहाँले बर्दियाका युवाले मन्त्रीलाई कालो झण्डा देखाउदा प्रहरीले नियन्त्रणमा लिई पिटाइले निधन भएको घटना सेलाउन नपाउँदै काठमाडौँमा नेपाल तरुण दलका दिनेशविक्रम शाहलाई प्रहरीले आक्रमण गरी घाइते बनाएकाले शान्तिपूर्ण रुपमा विरोध गर्न पाउने अधिकारको हनन् भएको बताउनुभयो ।

कञ्चनपुर र बुटवलमा पनि शान्तिपूर्ण रुपमा विरोध गर्नेलाई दमन गरिएको नेता खाँणले बताउनुभयो । कञ्चनपुरमा विभिन्न माग राखेर विरोध गर्ने क्रममा नेपाली काङ्ग्रेस क्षेत्र नं १ का क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्यायलगायत घाइते भएको घटनाको गम्भीरतापूर्वक छानबिन गर्न उहाँले माग गर्नुभयो ।

प्रमुख सचेतक खाँणले नागरिक अधिकार कुण्ठित गरी धरपकड गर्न थाले सरकारले यसको भारी मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभयो । अमेरिकी नागरिक फिर्ता गरिएको घटना छानबिन गर्न माग

राजपाका सांसद राजकिशोर यादवले पूर्व न्यायधीश गिरीशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक–पटक माग गरेकामा प्रधानमन्त्री एवं मन्त्रीहरुले जनाएको प्रतिबद्धता कार्यान्वयन नभएको बताउनुभयो । लाल आयोगको प्रतिवेदन सार्वजनिक नहुँदा गम्भीर आशङ्का पैदा भएको उल्लेख गर्नुहुँदै उहाँले फेरि निर्दोष जनतालाई फसाउने षड्यन्त्र त भएको छैन भन्ने आशङ्का व्यक्त गर्नुभयो ।

त्रिभुवन विमानस्थल अध्यागमनबाट अमेरिकी नागरिकलाई बिना कारण फर्काइएको घटनाको छानबिन गर्न पनि सांसद यादवले माग गर्नुभयो । यसले राम्रो सङ्केत नगरेको बताउनुहुँदै उहाँले नेपाल र नेपालीको सुरक्षाको जिम्मेवारी लिएर बसेको सरकारले कसैको निर्देशनमा काम नगर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com