ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युवतीहरुलाई तिखो वस्तुले घोचेर आतंक फैलाउने एक युवकलाई सार्वजनिक (आक्रमणको भिडियो )


एबीसी न्यूज

काठमाडौं, १३ असार। उपत्यकाभित्र युवतीहरुलाई तिखो वस्तुले घोचेर आतंक फैलाउने एक युवकलाई सार्वजनिक गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार राति पक्राउ गरी आज बिहान सार्वजनिक गरेको हो।

प्रहरीले रामेछाप घर भएका ३० वर्षीय सन्तोष कार्कीलाई पक्राउ गरेको परिसरका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।

ढल्कुमा अन्जना  (नाम परिर्वतन ) माथि भएको आक्रमणको भिडियो समेत सार्वजनिक भएको छ । प्रहरीले आक्रमणमा संलग्न सन्तोष कार्कीलाई पक्राउ गरेसँगै घटनाको सीसीटीभी फुटेज पनि सार्वजनिक भएको हो ।

जेठ ३२ गते राति करिव १० बजेतिर कुकुर लिएर सडकमा निस्किएकी उनीमाथि मोटरसाइकलमा आएका व्यक्तिले आक्रामण गरेका थिए । सिरिन्ज आक्रमण भएको आशंकामा उनलाई एचआईभीविरुद्धको औषधी र हेपाटाइटिसविरुद्धको भ्याक्सिन समेत दिइएको थियो । तर, कार्कीले भने ढलान काँटीले घोचेको दाबी गरेका छन् ।

२०६० सालमा एसएलसी पास गरेका सन्तोष ताहाचलस्थित काठमाडौँ क्याम्पसमा भर्ना भए पनि उनको अध्ययन अगाडि बढ्न सकेन। गोदाबारीस्थित होटल भ्यु भृकुटीमा वेटरका रुपमा काम थालेका उनी २०६८ सालतिर साउदी अरब लागेका थिए बर्गर हाउसमा काम गर्न। साउदी अरबमा पाँच वर्ष बिताएका सन्तोष २०७४ सालको अन्ततिर नेपाल फर्किएका हुन्।

त्यसयता उनीले नाताले दाजुसँग मिलेर गोल्डेन क्याफे किनेका थिए ५५ लाख रुपैयाँमा। उनका १० वर्ष र १७ महिनाका दुई छोरा छन्। साउदी अरबमै काम गर्दा उनले सिरिन्ज अट्याकबारे सुनेका थिए। उनलाई रमाइलो लागेको थियो यसबारे पढेररसुनेर। महाराजगन्जमा रहेको क्याफे बन्द गरेर फर्कँदा बाटामा एक्लै दुक्लै महिलाहरु हिँडिरहेको भेट्थे।

करिब तीन महिनाअघि उनलाई अचानक विचार आयो, राती महिलालाई घोच्ने। यो सिरिन्ज अट्याककै सिको थियो। सन्तोषको दावीलाई मान्ने हो भने यो विल्कुलै रमाइलोका लागि थियो। तर सिरिन्ज अट्याकको प्रयोजन भने बेग्लै छ। उनी घर फर्कँदा काठका तिखा टुक्राहरु बोकेर हिँड्न थाले। एउटा, दुईटा हुँदै उनलाई बानी पर्‍यो महिलालाई तिखा बस्तुले घोच्ने। सन्तोषबाट भएका आक्रमणका घटनामा दुईपटक एउटै महिला पीडित बनेको प्रहरी अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका सन्तोषलाई शुक्रबार महानगरीय प्रहरी परिसर टेकुमा सार्वजनिक गरिँदा पीडित महिलाका आफन्तले उनलाई घेरेनन् मात्र आक्रमणको प्रयास समेत गरेका थिए।

प्रहरीसँगको बयानमा सन्तोषले घटनाबारे यतिधेरै चर्चा होला भन्ने नसोचेको बताएका छन्। ‘मलाई सामान्य लागेको थियो। राती घोच्थेँ अनि भागि हाल्थेँ ‘, सन्तोषले भनेका छन्। घटनाहरुबारे समाचार बाहिर आएपछि आफूले त्यसो गर्न छाडेको सन्तोषको दावी छ।  प्रहरीसँगको प्रारम्भिक बयानको आधारमा 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com