ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विकास सक्ने चटारो सँगै अलकत्रा अभाव


एबीसी न्यूज

 

 

 

काठमाडौं, १२ असार । असारे विकास सक्ने चटारो बढिरहेका बेला निर्माण व्यवसायीहरुले अलकत्रा अभाव भएको बताएका छन् । भारत र तेश्रो मुलुकबाट नेपाल आयात हुने अलकत्रा र मट्टीतेलको अभाब हुँदा काम गर्न समस्या भएको निर्माण व्यवसायीहरुको गुनासो छ । भारतबाट नेपाल आयात हुने अलकत्रको आयात दर ९९ प्रतिशत (गाडी संख्याको आधारमा) कम भएपछि रुपन्देही क्षेत्रमा सडक निर्माणको काम प्रभाबित भएको छ ।

अहिले प्रदेश ५ मा विकासको चरणमा रहेका सडक आयोजना निर्माण सम्पन्न गर्नका लागि झण्डै ५ सय ट्रक अलकत्रा आवश्यक पर्ने लुम्बिनी निर्माण ब्यबसायी संघ बुटवलका अध्यक्ष मोहनलाल जोशीले बताउनुभयो । ब्यवसायी संघले बुटवलमा पत्रकार सम्मेलन गर्दै निर्माणका लागि चाहिने कच्चा पदार्थ बिटुमिन,अलकत्रा र मट्टीतेल पाइनै छाडेको बताउनुभयो । ‘राज्यको निरिहपनका कारण हामीले दुःख पायौं, हामीले काम सकिदिनुपर्ने राज्यले नाक फुलाउने हामीलाई राज्यले सहजीकरण गर्नु पर्दैन ?’ लुम्बिनी निर्माण ब्यबसायी संघ बुटवलका पूर्वअध्यक्ष जबिन कक्षपतीले भन्नुभयो ।

‘निर्माणमा समय तोक्ने, आबश्यक कच्चा पर्दाथको अभाब छ, हामीले कहाबाट ल्याउने अलकत्रा, कसरी समयमै निर्माण सकिन्छ ?’ उहाले प्रश्न गर्नुभयो ।निर्माण व्यवसायी यदुनाथ पाण्डेले सरकारले सहजीकरण गरिदिएमा निर्माणाधीन अवस्थामा रहेका ७० प्रतिशत काम समयमै सकिने दाबी गर्नुभयो ।

लुम्बिनी निर्माण व्यबसायी संघ बुटवलका सचिब ज्ञानबहादुर पुनले आफूहरुको चाहना समयमै निर्माण सकेर रकम भुक्तानी लिने भएको बताउनुभयो । तर, राज्यले निर्माण सकेका आयोजनाको रकम भुक्तानी नदिएर विकास निर्माणमा असहयोग गरेको उहाले गुनासो गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com