ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पानी आयो मल आएन


एबीसी न्यूज

 

काठमाडौं ११ असार । खेत रोप्न धानको ‘ब्याड’ तयार भए पनि तुलसीपुर –४ का मानबहादुर केसी एक सातादेखि मल दिने सहकारी धाइरनुभएको छ । उहाँ जस्तै धेरैजसो किसानको अवस्था यस्तै छ ।

वनहरिका टेकराज रिजाल पनि मलका लागि एक सातादेखि दिनहुँजसो मल गोदाममा धाइरनुभएको छ । तर गोदामसँग पनि मल कहिले आउने भन्ने विषयको जवाफ छैन । अनुदानको मात्र होइन, बिना अनुदानको मल पनि बजारमा किन्न पाइदैन ।

कृषिको आधुनिकरण र यान्त्रिकरण गरी निर्यातमुखी उत्पादन वृद्धिमा जोड दिइए पनि किसानलाई मल उपलव्ध गराउन सम्बद्ध निकायको चासो पुग्न नसकेको किसानको गुनासो छ । असार पन्ध्रलाई सरकारले राष्ट्रिय धान दिवसका रुपमा मनाउँदै आएको छ । तर यो वर्ष मलको अभावले धान दिवसको अवसरमा खेती गर्न समस्या भएको छ ।

विगतजस्तै यसवर्ष पनि मुख्य बाली धानखेती शुरु हुन लाग्दा मलको अभाव देखिएको छ । लामो समयको खडेरीपछि पानी परेको पानीले खेती हुने आशामा बसेका किसानलाई रासायनिक मलको अभावले खिन्न बनाएको छ । ‘‘पानी आयो, मल आएन भएको मल पनि सकिएको रहेछ ’’, स्थानीय किसान करवीर वलीले भन्नुभयो ।

जिल्लामा पछिल्लो केही समयदेखि डिएपी मलको चरम अभाव रहेको छ । अनुदान विनाको युरिया मल बजारमा पाए पनि डिएपी भने नभएको किसान बताउछन् । ‘‘मल लिन कृषि सामाग्री कम्पनी लि कार्यालय पुगेको थिए,ँ तर कृषिमा एक बोरा पनि मल छैन् त्यतिकै खाली हात घर फर्कनुपर्ने अवस्था आयो’’, अर्का किसान मोहन चौधरीले भन्नुभयो ।

अनुदानको मल बिक्री गदै आएको कृषि सामग्री कम्पनी लिमिटेडले पनि डिएपी मल केही महीनादेखि नआएको जनाएको छ । पहिलो चरणमा मल सहकारीलाई उपलव्ध गराए पनि पछिल्लो समयमा एक बोरा पनि डिएपी मल गोदाममा नभएको कृषि सामग्री कम्पनी तुलसीपुरका प्रमुख तीर्थ न्यौपानेले जानकारी दिनुभयो ।

“मल खरीदका लागि कुनैपनि प्रक्रियानै बढाइएको छैन, त्यसैले मल कहिले आउछ भन्न सकिने अवस्थानै छैन’’, कम्पनीका प्रमुख न्यौपानेले भन्नुभयो । भैरवामा पनि मल नभएकाले बताउंदै उहाँले सरकारले अझै पनि मलका लागि बोलपत्र आह्वान नगरेको बताएको छ ।

सहकारीमार्फत किसानलाई मल उपलव्ध गराउँदै आए पनि हाल त्यहाँ पनि मलको अभाव छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com