ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यान्सर अस्पतालको विकास र विस्तारमा म लागि रहेको छु– अध्यक्ष प्रचण्ड


एबीसी न्यूज

 

काठमाडौँ, १० असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले क्यान्सर अस्पतालको विकास र विस्तारमा शान्ति प्रकृयामा आए देखि नै आँफूले योगदान पु¥याउँदै आएको बताउनु भएको छ । अस्पतालले सञ्चालन गरेका दुईवटा फार्मेसीको आज यहाँ उद्घाटन गर्नुहुँदै उहाँले अस्पतालले प्रदान गर्ने सेवालाई विश्वसनीय र गुणस्तरीय बनाउनुपर्ने बताउनुभयो ।

देशको एकमात्र केन्द्रीय स्तरको सुविधा सम्पन्न यस अस्पतालको विकासका लागि सरकार र मित्रराष्ट्रहरु सँग आँफूले निरन्तर कुराकानी गरिरहेको दाहालले बताउनुभयो । अस्पतालको आफ्नै फार्मेसीबाट  बिरामीले सर्वसुलभ र गुणस्तरीय औषधि पाउनेमा आँफू विश्वस्त रहेको बताउँदै उहाँले सोही अनुरुप काम गर्न अस्पताल प्रशासनलाई आग्रह गर्नुभयो ।

दाहालले आँफू प्रधानमन्त्री हुँदा अस्पताल स्वयमले फार्मेसी सञ्चालन गरी सहुलियत दरमा गुणस्तरीय औषधि विक्रि वितरणको व्यवस्था मिलाउने निर्णय अनुरुप आज आँफैले फार्मेसीको उद्घाटन गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । सो अवसरमा अस्पतालका कार्यकारी निर्देशक डा. विजय चन्द्र आचार्यले फार्मेसी सञ्चालन प्रकृया र सहुलियत दरमा विरामीले औषधि पाएको जानकारी गराउनु भएको थियो । उहाँले यो फार्मेसी अस्पतालले अतिरिक्त आम्दानीका लागि नभएर विरामीको सेवाका लागि केन्द्रीत हुने बताउनुभयो ।

अस्पतालले फार्मेसी सञ्चालन गरेसँगै बजारको विक्री मूल्यभन्दा तीन सय गुणासम्म सस्तोमा विरामीले औषधि पाएका छन् । आचार्यका अनुसार फार्मेसी सञ्चालन निर्देशीका २०७२ ले तोकेअनुसार वोलपत्र आह्रवान गरी खरिद गरिएको मूल्यमा २० प्रतिशत मुनाफा राखेर विक्री गरिएको छ । क्यान्सरका विरामीलाई लगाइने महंगो केमोदेखि ग्यास्टिक नबढोस भनेर खाइने सामान्य औषधिसम्म निकै सस्तो मूल्यमा उपभोक्ताले पाएका छन्

अक्ज्यालो प्लाटिन नामक केमो बाहिरी बजारमा एक भायलको रु १५ हजार पर्दछ भने अस्पतालको फार्मेसीमा रु ३ हजार ३ सय मा विक्री गरिएको आचार्यले जानकारी दिनुभयो । त्यसै गरी बजारमा प्रति ट्यावलेट रु ८ पर्ने प्यान्टोप्राजोल ३ रुपैंया २५ पैसामा अस्पतालको फार्मेसीमा पाइन्छ ।

अस्पतालको कार्यवाहक अध्यक्षको रुपमा काम गर्दै आउनु भएकी भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अस्पतालको आफ्नै फार्मेसी भएसँगै विरामी प्रत्यक्ष रुपमा लाभान्वीत हुने बताउनुभयो । पछिल्लो समय अस्पताल सुधारको गतिमा अघि बढेको भन्दै उहाँले यसलाई एशीयाको नमुना अस्पतालको रुपमा विकास गर्न महानगर लागि परेको जानकारी दिनुभयो । अस्पतालको बहिरंग र अन्तरंग सेवामा फार्मेसी सञ्चालमा ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com