ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विकासको काममा कुनैपनि अवरोध स्वीकार्य छैन : खानेपानी मन्त्री मगर


एबीसी न्यूज

कञ्चनपुर । खानेपानी मन्त्री बिना मगरले विकासको काममा कुनैपनि अवरोध स्वीकार्य नहुने बताउनुभएको छ । कञ्चनपुरस्थित बेलौरी नगरपालिकाको मंगलबार चौथो नगरसभाको उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले विकासको काममा कहीँ कतैबाट अवरोध आए सह्य नहुने बताउनुभएको हो । उहाँले जथाभावी विरोध गरेर भन्दा पनि विकासको काममा साथ दिन प्रतिपक्षी दललाई आग्रह गर्नुभयो ।
‘यहाँ विपक्षी दलका साथीहरुबाट गुण्डागर्दी शैलीमा हाकिमहरुलाई धम्क्याउने, थर्काउने जस्ता काम भईरहेको छ । प्रतिपक्षी दलले यो सब बन्द गरोस् ।’ उहाँले भन्नुभयो, ‘कञ्चनपुर क्षेत्र नम्बर १ को विकासका लागि अवरोध कसैले सृजना गर्छ भने त्यो सह्य हुँदैन । कञ्चनपुर क्षेत्र नम्बर १ लाई नमुना क्षेत्रको रुपमा विकास गरेर देखाउँछौ । सक्नुहुन्छ भने साथ दिनुस होइन भने अवरोध गर्न बन्द गर्नुस् ।’ विकासको कार्यमा अवरोध पु-याउनेहरुसँग कडा प्रतिकार गरेर अघि बढिने उहाँको भनाइ छ ।
उहाँले कञ्चनपुरमा भन्सार नाका खोल्ने, बन्दा तालको विकास गर्ने, सांस्कृतिक सम्पदाको संरक्षण गर्ने र सडक विस्तार गर्ने लगायतका कामहरु अघि बढिरहेको जानकारी दिनुभयो । नेपाल भारत सीमा समस्या समाधान गर्नेदेखि कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ लाई नमुना शहरका रुपमा विकास गर्ने लक्ष्य रहेको मन्त्री मगरले बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘नगरको दिगो विकास गर्दै यस क्षेत्रमा सबै प्रकारका विभेद अन्त्य गर्ने, भौतिक पूर्वाधारयुक्त सफा र सुन्दर आधुनिक बेलौरी बनाउने योजना छ । यहाँका नागरिकलाई सबल र आत्मनिर्भर बनाउँदै लगिने र यसका लागि बेलौरी नगरपालिकाका नेतृत्वहरुको पूर्ण सहयोग चाहिन्छ ।’
नगर सभामा नगर प्रमुख पोतिलाल चौधरीले आर्थिक वर्ष २०७६-७७ को लागि ६० करोड ८५ लाख ९४ हजार बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com