ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले विदेशस्थित विभिन्न अस्पतालमा कोमामा रहेका नेपालीलाई स्वदेश ल्याउने तयारी थाल्यो


एबीसी न्यूज

काठमाडौं, ९ असार । सरकारले विदेशस्थित विभिन्न अस्पतालमा अचेत अवस्था (कोमा) मा रहेका नेपाली श्रमिकलाई स्वदेश ल्याउने तयारी थालेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा आइतबार बसेको वैदेशिक रोजगार बोर्डको सचिवालय बैठकले कोमामा रहेका नेपाली कामदारलाई स्वदेश ल्याएर उपचार गर्न आवश्यक व्यवस्था मिलाउन सरोकारवाला पक्षको सहभागितामा कार्यदल गठन गर्ने निर्णय गरेको हो । श्रम मन्त्रालयका सहसचिवको संयोजकत्वमा स्वास्थ्य, अर्थ, परराष्ट्र, कानून मन्त्रालय, सम्बद्ध क्षेत्रका अनुभवी चिकित्सक, नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ र ट्रेड युनियनका तर्फबाट सदस्य रहने कार्यदल गठन गरिनेछ ।

कार्यदलले विभिन्न देशका अस्पतालमा उपचाररत गम्भीर प्रकृतिका बिरामीलाई नेपाल ल्याउने प्रक्रिया÷मापदण्डका सम्बन्धमा सुझाव पेश गर्ने बोर्डको सचिवालयले जनाएको छ । अचेत अवस्थामा रहेका बिरामीलाई नेपालमा उपचारका लागि आवश्यक पर्ने नीतिगत तथा कानूनी संयन्त्रलगायत अनुमानित खर्च विवरण सम्बन्धमा विस्तृत अध्ययन गरी सरकारलाई सुझाव दिनेछ । दक्षिण कोरिया, साउदी अरेबिया, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स ९युएइ०लगायत मुलुकका विभिन्न अस्पतालमा २८ नेपाली अचेत अवस्थामा उपचाररत रहेको सरकारको तथ्याङ्क छ ।

श्रममन्त्री विष्टले मन्त्रालय सम्हालेलगत्तै विदेशस्थित विभिन्न अस्पतालमा कोमामा रहेको बिरामीलाई स्वदेश ल्याउन पहल थाल्नुभएको थियो । ती बिरामीलाई स्वदेश ल्याएर उपचार गर्नका लागि उहाँले पटकपटक सरोकारवालासँग छलफल गर्नुभएको थियो । शुक्रबार मन्त्री विष्टले शिक्षण अस्पताल महाराजगञ्ज, वीर र पाटन अस्पतालको निर्देशक तथा स्वास्थ्य मन्त्रालयका सचिवसँग कोमाका रहेका नेपालीलाई स्वदेश ल्याएर उपचार गर्ने सम्बन्धमा छलफल गर्नुभएको थियो । परिवारको सदस्य विभिन्न मुलुकका अस्पतालमा लामो समयदेखि अचेत अवस्थामा हुँदा सिङ्गो परिवार नै आर्थिक तथा मानसिक रुपमा प्रभावित हुँदै आएका छन् ।

त्यसैगरी बैठकले वैदेशिक रोजगारीको सिलसिलामा करार अवधिभित्र बिरामी भई स्वदेश फर्किएर उपचारका क्रममा मृत्यु भएका तथा बिदामा नेपाल आउँदा मृत्यु भएका ११४ कामदारका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णयसमेत गरेको छ । उनीहरुलाई आर्थिक सहायता प्रदान गर्न बोर्ड सचिवालयले रु छ करोड ६६ लाख विनियोजन गरेको छ । यसअघि करार अवधिमा विदेशमा मृत्यु भएका कामदारका परिवारले मात्र आर्थिक सहायता प्राप्त गर्दै आएका थिए । सरकारले कानून संशोधन गरेरै करारअवधिभित्र बिरामी भई स्वदेशमा उपचारका क्रममा मृत्यु भएमा वा बिदामा फर्किएको बेला मृत्यु भएमा मृतकका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था गरेको हो ।

बैठकले साउदीमा भएको एक दुर्घटनाका क्रममा शव साटफेर भएको घटनाका पीडितलाई पनि आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । सोही दुर्घटनामा परी जीवितै रहेका भनिएका मृतक बागलुङका तजेन्द्र भण्डारीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने र मृत्यु भएको भनिएका (जो पछि जीवितै फर्किए) झापाका सुवास तामाङको परिवारले बुझेको आर्थिक सहायतालाई उपचार खर्चमा रुपान्तरण गर्ने निर्णयसमेत गरेको छ ।

बागलुङका तेजेन्द्र भण्डारीको सवारी दुर्घटनामा परी साउदी अरेबियामा मृत्यु भएको थियो । अस्पतालले शव पठाउँदा भण्डारीको शवलाई मोरङका सुवास तामाङ भनी पठाएकोे थियो । सुवासको परिवारले तामाङ संस्कारअनुसार दाहसंस्कार गरी नियमानुसार सचिवालयबाट आर्थिक सहायतासमेत प्राप्त गरिसकेपश्चात् उनी जीवितै नेपाल फर्किएका थिए ।

बैठकले राहदानीमा ‘मृतक’ भनी छाप लागेका र मृत्यु दर्तासमेत भइसकेको अवस्थामा सुवास जीवितै फर्किएकाले उनलाई पुनः नागरिकतालगायत अन्य कागजात उपलब्ध गराउन श्रम मन्त्रालयमार्फत सरकारसँग सिफारिस गर्ने निर्णयसमेत गरिएको बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com