ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुदानेको सकारात्मक पाटोको अक्षरश, अनुशरण गरौँ– वरिष्ठ नेता नेपाल


एबीसी न्यूज

 

 

काठमाडौं, ७ असार । नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले रुपचन्द्र विष्ट ‘रुदाने’ को सकारात्मक पाटोलाई अक्षरशः अनुशरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

थाहा दर्शनका प्रवर्तक रुपचन्द्र विष्टको २०औँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले ‘सादा जीवन र जनपक्षीय नेता’का रुपमा परिचित रुदानेको मूल्य र मान्यतालाई आत्मसात् गरे त्यसले नेपालको विकासमा समेत सहयोग पु¥याउने बताउनुभयो ।

राजनीतिक नेतृत्वले आफैँभित्र आत्मसमीक्षा गर्नुपर्ने समय आएको उल्लेख गर्दै नेता नेपालले जनअपेक्षाअनुसार काम गर्न सकियो कि सकिएन भने राजनीतिक नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने समय आएको उल्लेख गर्नुभयो ।

उहाँले देशमा व्याप्त गरीबी, अभाव, बेरोजगारी, विकृति, विसङ्गतिको अन्त्य गर्दै ‘सुखी नेपाली सम्मृद्ध नेपाल’ को चाहाना पूरा गर्नका लागि कार्य प्रगतिको समीक्षा र बहसको आवश्यकतामा जोड दिनुभयो ।

आर्थिक सम्मृद्धिको नाराले मात्रै नेपालीको चाहना र अपेक्षा पूरा हुन नसक्ने स्पष्ट पार्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले राष्ट्रिय आवश्यकलाई नेतृत्वले बुझ्न सक्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले जनचाहना पूरा गर्नका लागि राजनीतिक नेतृत्वले आफ्नो आचरण, बानी व्यहोरा र संस्कारमा पनि परिर्वतन गर्नुपर्ने स्पष्ट पार्नुभयो ।

वरिष्ठ नेता नेपालले राष्ट्रिय पञ्चायतलाई उपयोग गरे पनि रुदाने जनमुखी नेता भएकाले पञ्चायतभित्रै गएर पञ्चायतको विरोध गरेका कारण जेल बस्नुपरेको तथ्य स्मरण गर्नुभयो । कार्यक्रममा रुपचन्द्र विष्ट स्मारक समिति नेपालका अध्यक्ष रामनारायण बिडारीले ‘रुपचन्द्र विष्ट व्यक्ति एक व्यक्तित्व अनेक’ विषयको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com