ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३७ करोड राजश्व सङ्कलन


एबीसी न्यूज

काठमाडौं, ७ असार ।  सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीले चालू आर्थिक वर्ष २०७५/७६ को जेठ मसान्तसम्म ३७ करोड राजश्व सङ्कलन गरेको छ ।
कार्यालयले सवारी साधन कर, चालक अनुमतिपत्र दस्तुर, सवारी दर्ता किताबसम्बन्धी दस्तुर, यातायात क्षेत्रको आम्दानी, एकलौटी फार्म तथा व्यक्तिगत आयमा लाग्ने कर लगायतका राजश्व शीर्षकबाट रु ३७ करोड १६ लाख २९ हजार २४२ राजश्व सङ्कलन गरेको सेती अञ्चल यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख गम्भीरसिंह विष्टले जानकारी दिनुभयो ।
निमित्त प्रमुख विष्टले अघिल्लो आव २०७४÷७५ मा उठेको राजश्व बराबरको रकम चालू आव सकिनुभन्दा एक महीना अगाबै सङ्कलन भएको उल्लेख गर्नुभयो । अघिल्लो आवमा कार्यालयले रु ३७ करोड ३८ लाख ३२ हजार ४८० राजश्व सङ्कलन गरेको थियो ।
त्यसैगरी आव २०७४÷७५ को साउन महीनादेखि स्मार्ट लाइसेन्स वितरण कार्य शुरु गरेको कार्यालयले हालसम्म १३ हजारलाई स्मार्ट लाइसेन्स वितरण गरेको छ । प्रमुख विष्टले हालसम्म स्मार्ट लाइसेन्सका लागि करीब रु २९ हजार ५८२ जनाले आवेदन दिएको र तीमध्ये १३ हजार २४४ जनालाई लाइसेन्स वितरण गरिएको बताउनुभयो ।
यातायात व्यवस्था कार्यालय सेतीले शुरुआतमा लाइसेन्स नवीकरण गर्नेलाई मात्र स्मार्ट लाइसेन्स वितरण गर्दै आएको थियो । हाल नयाँ लाइसेन्सका लागि आवेदन दिने, प्रतिलिपि बनाउने, थप सवारी चालक अनुमतिपत्र बनाउने लगायतलाई पनि उक्त लाइसेन्स वितरण गरिँदै आएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com