ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ सोचका साथ बजेट आएको छ– मन्त्री गुरुङ


एबीसी न्यूज

 

 

 

काठमाडौं, ५ असार । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आर्थिक वर्ष २०७६÷७७ को बजेट नयाँ सोचका साथ आएको बताउनुभएको छ ।

गण्डकी प्रदेशसभाको आजको बैठकमा आव २०७६÷०७७ को राजस्व र व्ययको वार्षिक अनुमान९बजेट० माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले प्रदेशको समृद्धि र विकासको लक्ष्यलाई पूरा गर्ने गरी बजेट ल्याइएको बताउनुभयो ।

बजेटले आन्तरिक राजस्व सङ्कलनका क्षेत्र पहिचान गर्दै उद्यम गर्छु भन्नेलाई उद्यमशीलताको वातावरण तयार गरेको मन्त्री गुरुङले बताउनुभयो । सरकारले करको शुल्कमा वृद्धि नभई अधिकतमलाई करको दायरामा ल्याउने उहाँले स्पष्ट पार्नुभयो ।

पर्यटन शुल्कको व्यवस्थाका साथै पर्यटन प्रवद्र्धन एवं विकासका लागि कर्मचारीलाई लक्षित गरी बिदा पर्यटनको अवधारणा अघि सारिएको उहाँले बताउनुभयो । औद्योगिक विकासलाई लक्षित गरी कास्कीको पुडिटारका साथै नवलपरासीको लौकाहामा प्रदेशस्तरको औद्योगिक क्षेत्र निर्माण गरिने मन्त्री गुरुङले बताउनुभयो ।

पूर्वाधार विकासलाई आवश्यकताका आधारमा अघि बढाइनेमा जोड दिँदै उहाँले प्रदेशमा आवश्यक प्रशासकीय भवन, सचिवालय आदिको निर्माण गर्न लागिएको उल्लेख गर्नुभयो ।

फेवातालको संरक्षण सम्बन्धमा उद्योग पर्यटन, वन तथा वातावरणमन्त्रीको संयोजकत्वमा बनेको समितिले काम अघि बढाउने बताउँदै मन्त्री गुरुङले सरकारले यसको संरक्षण र विकासलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

खानीजन्य विषयका लागि बजेट छुट्याएको जानकारी दिँदै उहाँले चालू विकास आयोजनालाई सम्पन्न गर्ने एवं नयाँ विकास आयोजनालाई अघि बढाइने बताउनुभयो ।

सत्तापक्ष एवं प्रतिपक्षका प्रदेशसभा सदस्यबाट प्राप्त सुझावलाई आत्मसात् गर्दै अघि बढिने मन्त्री गुरुङको भनाइ थियो । बैठकमा मन्त्री गुरुङले सरकारको विनियोजन विधेयक २०७६ सभासमक्ष प्रस्तुत गर्नुभयो । अर्को बैठक शुक्रबार दिनको १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com