ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यो देश मालिकहरुको हो, त्यसैले धर्म र संस्कृतिलाई विक्रि केन्द्रमा राखेर आकर्षक विज्ञापन गरिरहेका छन्– गंगा चौधरी


एबीसी न्यूज
असार ५, २०७६ बिहीबार  १ : ४८ बजे

 

 

काठमाडौं, ५ असार । सत्तारुढ दल नेकपाका सांसद गगाां चौधरी सद्गौवाले नेपाली कांग्रेसले गुठी विधेयकका बारेमा भ्रम फैलाउने काम गरेको आरोप लगाउनु भएको छ ।

प्रतिनिधिसभाको विहिबारको बैठकको विशेष समयमा बोल्दै उहाँले विधेयकका बारेमा भ्रामक प्रचार गरि चौतर्फी विरोध गर्न लगाएर कांग्रेसले किसानका छोरा छोरीको गाँसबाँस खोस्ने काम गरेको दाबी गर्नुभएको हो । उहाँले भन्नुभयो “सामन्तवादी सोच भएका र खास प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले दुखीहरुको मुहारमा खुसी देख्न सकेन । र गुठी विधेयकको बारेमा भ्रामक प्रचार गरेर चौतर्फी विरोध गर्न लगाएर गरिब भुमिहिन किसानहरुको छोरा छोरीको गाँसबास खोस्न प्रयास गरि विधेयक फिर्ता गर्न खेल खेल्यो । ”

उहाँले गुठी विधेयक फिर्ताले गुठी पीडीत किसानहरुको भावनामा ठुलो ठेस पुगेको बताउनुभयो ।

उहाँले भन्नुभयो “गुठी विधेयक फिर्ताले गुठी पीडीत किसानहरुको भावनामा ठुलो ठेस पुगेको छ । गहभरी आँसु लिएर ठेला परेका हात , चिरा परेका खुट्टा , खाना नखाई भोक भोकै ठुलो खुल्ला मैदानबाट लाखौ गुठी पीडीत भूमिहिन किसान भन्दै थिए ‘सरकार तिमीलाई धन्यवाद छ आज हाम्रो निम्ति कम्युनिष्ट सरकार छ ।”

उहाँले धर्म र संस्कृतिको नाममा अहिले पनि सामन्त र मालिकहरुबाट नै राज्यसत्ता सञ्चालन भईरहेको भन्दै रोष प्रकट गर्नुभयो । उहाँले सामन्तहरुको आँखा आफ्ना पुर्वजहरुको पसिना लुट्न लालयित भएको आरोप पनि लगाउनुभयो ।

उहाँले भन्नुभयो “मानौ यो देश मालिकहरुको हो । यहाँ मालिकहरुको आदेशको पालना हुन्छ । यहाँ मालिकहरुकै कुरा सुनुवाई हुन्छ । किन कि यो देश मालिकहरुले नै चलाउने गर्छन । मालिकहरुले अझै पनि धर्म र संस्कृतिलाई विक्रि केन्द्रमा राखेर आकर्षक विज्ञापन गरिरहेका छन् । ”

नेपाली कांग्रेसका सांसद सञ्जय कुमार गौतमले सरकारले लोकतान्त्रिक मुल्य र मान्यता कुल्चिदै गएको आरोप लगाउनुभयो । सरकारले प्रतिनिधिसभामा आउनुपर्ने विधेयकलाई राष्ट्रियसभामा लगेको तथा सदनबाट नै फिर्ता लिनुपर्नेमा पत्रकार सम्मेलन गरिएकाले विश्वसनियतामा शंका उत्पन्न भएको बताउनुभयो । स्वस्फुर्त रुपमा धर्म संस्कृति र परम्पराको रक्षाका लागि एकजुट भएको जनसभालाई सरकारले प्रतिगामीहरुको खेल देख्नु खेदपुर्ण भएको भन्दै जनताको भावनामा ठेस पुर्याउने काम नगर्न सरकारलाई सचेत गराउनुभयो । गुठी विधेयक, सुचना विधेयक, मिडिया काउन्सिल , मानवअधिकार आयोग सम्बन्धी र राष्ट्रिय सुरक्षा सम्बन्धी विधेयक चरम विवादमा रहेको भन्दै उहाँले समयमै विवादित विधेयकबारे निकास खोज्न गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सरकारले भ्रष्ट्राचारलाई मलजल गरेको दाबी उहाँले गर्नुुभयो ।

राजपाका सांसद राजकिशोर यादवले संसद आफनो कर्तव्यबाट च्यूत भएको आरोप लगाउनुभयो । संविधान अनुसार सपथ खाएका सरकारका मन्त्रीले नै संविधानलाई उलंघन गरेर वक्तव्यवाजी गर्दा पनि सदनले कारवाही गर्न नसकेको भन्दै उहाँले संसदीय गरिमा र मर्यादाप्रति जिम्मेवार हुन सभामुखको ध्यानाकर्षण गराउनुभयाो । उहाँले जनप्रतिनिधिले दैनिक विभिन्न सरोकारका विषय उठाउने गरेको र जनप्रतिनिधिको आवाजको सम्बोधन नभईरहदा पनि सदनले त्यस तर्फ सरकारलाई जिम्मेवार बनाउन नसकेको टिप्पणी गर्नुभयो । उहाँले गत दुई हप्ता देखि मुलुकको राष्ट्रिय राजनीतिमा ठुलो दुर्घटना हुने आकलनहरु बाहिर आईरहदा पनि त्यसबारे सदनमा बहस हुन नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो “सदनमा सत्तापक्षकै जिम्मेवार नेताले अन्तराष्ट्रिय कारणले गर्दा यो मुलुकको भुगोल बदलिन सक्छ भन्ने प्रश्न उठ्छ र त्यसमा यो सदन गम्भीर भएर चर्चा गर्दैन । प्रधानमन्त्रीसंग प्रश्न सोध्दा प्रधानमन्त्रीले मुर्ति चोरहरुको काम भनेर पन्छिन खोज्दा यो सदनमा बहस हुदैन ।”

बुधबार माईतीघर मण्डलाको जनसभाले मतादेश माथि जनादेशको बिजयी भएको देखाएकाले जनताले दिएको संकेतलाई समयमै बुझ्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हङ्गेरी निर्वाचन : ओरबानको १६ वर्षे शासनको अन्त्य, पीटर माग्यारको दललाई दुई तिहाई बहुमत (एक्सप्लेनर)

मन्त्रीहरूको सम्पत्ति स्रोत : पारदर्शिता कि प्रश्न ?

सम्बन्धित

राप्रपा प्रवक्ता श्रेष्ठ भन्छन्–धनी बन्न पाइन्छ, तर आय र कर तिरेको विवरण पनि सार्वजनिक होस्

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

सुनका धनी प्रधानमन्त्रीका करोडपति मन्त्री, कोसँग कति छ सम्पत्ति

कृषिमन्त्रीले सम्पत्तिमा देखाइन् २ वटा बाख्रा र १० वटा कुखुरा

सीता वादीको पशुधनमा २० वटा कुखुरा, एउटा कुकुर

स्वास्थ्यमन्त्री निशासँग ३० तोला सुन र ५० तोला चाँदी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com