ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशैभरका एकसय बढी दलित पत्रकारहरु पाल्पामा


एबीसी न्यूज
असार ४, २०७६ बुधबार  ३ : ४४ बजे

 

काठमाडौं, ४ असार । देशैभरका दलित पत्रकारहरुको राष्ट्रिय भेला पाल्पामा हुने भएको छ। सम्मेलन यही असार १० र ११ गते तानसेनमा हुन लागेको हो। नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको आयोजना र पाल्पा शाखाको आतिथ्यतामा हुने सम्मेलनमा देशभरबाट झण्डै एकसय बढी पत्रकारको सहभागिता रहने छ ।

सम्मेलन सफल पार्नको लागि शाखा अध्यक्ष राजेश कुमार अर्यालको संयोजकत्वमा मुल समिति गठन गरिएको छ। कार्यसमितिका पदाधिकारी, सल्लाहकार, केन्द्रिय तथा प्रदेश पार्शद, विभिन्न संचार माध्यमका प्रमुख यसको सदस्य रहने रहेका छन्।
यस्तै विभिन्न उपसमिति समेत गठन गरिएको छ। महासंघ पाल्पाका शाखाका कोषाध्यक्ष मिलन विश्वकर्माको संयोजकत्वमा सचिवालय गठन गरिएको छ। जसको सदस्यहरुमा कृष्ण दर्नाल, अनिल लिगल, नारायण न्यौपाने, मुक्ति न्यौपाने, रीमा सोमै, र डोलराज विक रहनुभएको छ ।

रेखिराम राना संयोजक रहको स्वयम्सेवक उपसमितिमा नेत्र गैरे, सुनिल कार्की, कमल अधिकारी, सिर्जना घिमिरे, विजय वौडेल, विष्णु घिमिरे, विष्णु पाण्डे, सन्तोष ज्ञवाली, भुवन रायमाझी सदस्य रहेको सचिव किरण कौशलले जानकारी दिनुभयो।जगदिश भट्टराईको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरिएको छ। जसको सदस्यहरुमा किरण कौशल, मुक्ति न्यौपाने, देव पचभैया, अमृत अधिकारी र भुवन रायमाझी रहनुभएको छ । भगवान भण्डारी संयोजक रहेको अतिथि सत्कार उपसमितिमा रीमा सोमै, मन गहिरे, दुर्गेस मल्ल, सिर्जना घिमिरे सदस्य रहनुभएको छ ।

खाद्य तथा आवास व्यवस्थापन समितिको संयोजकमा शाखा उपसभापति भरत शर्मा रहनुभएको छ । सदस्यहरुमा कमलराज तिमिल्सीना, माधव अर्याल, कृष्ण कार्की, यज्ञमूर्ती तिमिल्सिना रहनुभएको छ ।राजेन्द्र लिगल संयोजक रहेको मञ्च व्यवस्थापन उपसमितिमा नारायण न्यौपाने, भोजराज भट्टराई, दयाराज न्यौपाने, पदम गैरे सदस्य रहनुभएको छ ।

देशैभरका पत्रकार सहभागी हुने सम्मेलनले पाल्पाको पर्यटकीय क्षेत्रको थप विकासका लागि टेवा पुग्ने र प्रचार प्रसार हुने महासंघ अध्यक्ष अर्यालले बताउनुभएको छ । उहाँले यो सम्मेलन सफल पार्ने दायित्व आम पाल्पालीको भएकोले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मन्त्रीहरूको सम्पत्ति स्रोत : पारदर्शिता कि प्रश्न ?

हंगेरीमा दक्षिणपन्थी पपुलिस्ट ओरबानको पराजय : १६ वर्षको शासन अन्त्य

सम्बन्धित

राप्रपा प्रवक्ता श्रेष्ठ भन्छन्–धनी बन्न पाइन्छ, तर आय र कर तिरेको विवरण पनि सार्वजनिक होस्

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

सुनका धनी प्रधानमन्त्रीका करोडपति मन्त्री, कोसँग कति छ सम्पत्ति

कृषिमन्त्रीले सम्पत्तिमा देखाइन् २ वटा बाख्रा र १० वटा कुखुरा

सीता वादीको पशुधनमा २० वटा कुखुरा, एउटा कुकुर

स्वास्थ्यमन्त्री निशासँग ३० तोला सुन र ५० तोला चाँदी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com