ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजपाद्धारा मधेस आन्दोलनका लागि बाध्य नपार्न सरकारलाई चेतावनी


एबीसी न्यूज

 

 

काठमाडौं, ४ असार । राष्ट्रिय जनता पार्टीले चौथो मधेस आन्दोलनका लागि बाध्य नपार्न सरकारलाई सचेत गराउनुभएकोे छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले संविधान संसोधन, लाल आयोग प्रतिवेदन सार्वजनिक , लोकसेवा आयोगको विज्ञापन रद्द लगायतका माग गर्दे आएपनि सरकारले नसुनेको भन्दै चौथो मधेस आन्दोलनका लागि बाध्य नपार्न सरकारलाई सचेत गराउनुभयो । सरकारले रोष्टम घेराउ गरेपछि मात्रै बोल्ने असंसदीय पद्धति बसाएको आरोप उहाँले लगाउनुभयो ।

उहाँले भन्नुभयो “सरकार कुन बेला बोल्ने ? रोष्टम घेरेपछि मात्रै बोल्ने सरकारले एउटा सिस्टम बसाईराखेको रहेछ । संख्यागत रुपमा हामी जति भएपनि रोष्टम घेर्नका लागि हामी डराएको होइन । संस्कृति नबसोस् । संसद सुचारु रहोस् । सुचारु रुपमा चलोस् भन्ने संसदीय मर्यादाको पालन गर्या हो । सरकार यसै ढंगले जाने हो भने संसद अवरोध हुन्छ । हामी पनि रोष्टम घेराउ गर्दछौ । ”

उहाँले संविधान विपरित लोकसेवा आयोगको विज्ञापन निकालेर सरकारले मधेशी समुदायमाथि फेरी तरबार चलाउने काम गरेको आरोप लगाउनुभयो । सरकारका मन्त्रीले संसदीय समितिको निर्देशन नमानेर समितिको धज्जी उडाउने काम गरेको भन्दै उहाँले संसदीय मर्यादा कायम गराउने तर्फ सभामुखको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले संविधानले गरेको समानुपातिक समावेशी व्यवस्थाको कार्यान्वयन नगरेर सरकारले ‘चौथो मधेस आन्दोलन निम्त्याएको हो ?’ भनी प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो “के सोचेको हो यसले ? समानुपातिक समावेशी हामी खोस्न सक्छौ भन्ने सोचेको हो ? कसैले माने पनि राष्ट्रिय प्रजातन्त्र पार्टी मान्दैन । संसदमा सुन्दैन भने सडकमा जान्छ । ”

उहाँले सत्तारुढ दलका सांसदहरुलाई विधेयकमाथि दोहोरो चरित्र नदेखाउन पनि सचेत गराउनुभयो ।

उहाँले भन्नुभयो “हिजो माईतिघर मण्डलामा गएको थिएँ । सत्तापक्षका माननियहरुले पनि विधेयक खारेज गर भनेर भाषण गरिराखेको देखेँ । सडक पनि सत्ताको राज्य पनि सत्ताको । प्रतिपक्ष कहा जाने भन्ने एउटा प्रश्न खडा भएको छ । म सोध्दै छु सरकारमा सम्मिलित माननिय ज्यूहरुलाई तपाईको सडक होइन सरकार हो किन प्रश्न उठाउनुभएन ? किन यस्तो विधेयक आयो ? मन्त्रीपपरिषद्मा तपाईहरु बस्नुभएको छैन ? त्यहा पास गरिदिने । र सडकमा गएर फिर्ता हुनुपर्छ भनेर नारा लगाउने ? यो दोहोरो चरित्र चल्दैन ।”

लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेर सरकार आफैले गरेको प्रतिवद्धताबाट पछि हटेको भन्दै उहाँले यसले जनताको सरकारमाथिको विश्वास टुटाउने काम गरेको टिप्पाी गर्नुभयो ।

उहाँले भन्नुभयो “ कति कराउने यो गिरिशचन्द्र लालको प्रतिवेदनमा ? जनताले बुझ्न सकेको छैन । के रहेछ त्यो भित्र ? जनताको सम्पत्ति जनतामा आउनलाई किन ढिलाई ? त्यसका लागि पनि यो रोष्टम घेर्ने पर्ने हो कि ? सरकारले बोल्छ भने त्यो सत्य हुन्छ । सरकारले बोलेको कुराबाट आफै पछाडि हट्छ भने कसले, कुन जनताले विश्वास गर्ने यो सरकारमाथि ?”

उहाँले लोकतन्त्रको हत्या गर्ने काममा उदत्त नहुन सरकारलाई सुझाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com