ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधिसभामा काङ्ग्रेसले असंसदीय व्यवहार देखायो– प्रधानमन्त्री


एबीसी न्यूज
असार ३, २०७६ मंगलबार  ६ : ५८ बजे

 

काठमाडौं, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलले असंसदीय र अमर्यादित व्यवहार देखाएको बताउनुभएको छ ।

प्रधानमन्त्रीले भन्नुभयो, “लोकतान्त्रिक अभ्यास र प्रणालीमा प्रधानमन्त्रीलाई आवश्यक लागेको र राष्ट्रिय महत्वका विषयमा संसद्लाई जानकारी गराउने प्रचलन छ । संसद् सरकारको दृष्टिकोण, मूल्य मान्यता सार्वजनिक गर्ने थलो हो । प्रतिपक्षले जुन व्यवहार देखायो, त्यो गलत छ ।”

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज पत्रकार सम्मेलनको आयोजना गरेर प्रधानमन्त्रीले मेरो कुरा नै ठीक भन्ने ‘बालहठ’ प्रस्तुत गर्ने काम प्रमुख प्रतिपक्षीबाट भएकामा आपत्ति प्रकट गर्नुभयो ।

प्रधानमन्त्रीको सम्बोधन रोक्नका लागि सदन अवरुद्ध गर्ने, वेलमा नै गएर विरोध गर्ने विषय र सन्दर्भसमेत नभएको उहाँको भनाइ थियो । काङ्ग्रेसले हरेक क्षेत्रमा निहुँ खोजेको र विरोधका नाममा विरोध मात्रै गरेको बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, “लोकतान्त्रिक आन्दोलनका सहयोद्धा, मेरा मित्र शेरबहादुर देउवाकै नेतृत्वमा वेल घेर्ने र संसद् अवरोध गर्ने काम भयो तर विरोध गर्नुपर्ने विषय केही थिएन ।”

प्रधानमन्त्रीले लोकतन्त्रमा सरकारको प्रमुखले आफ्नो धारणा राख्ने, त्यसपछि प्रमुख प्रतिपक्ष दल र संसद्मा रहेका अन्य दलले क्रमैसँग राख्ने प्रणालीको विरुद्धमा समेत काङ्ग्रेस प्रस्तुत भएको र त्यसले लोकतान्त्रिक मूल्य र मान्यताको समेत हित नगर्ने बताउनुभयो ।

काङ्ग्रेसको व्यवहारबाट आफू आश्चर्यचकित भएको उल्लेख गर्दै प्रधानमन्त्रीले हरेक विषयमा निहुँ खोज्ने र विरोध मात्रै गर्ने संस्कारसमेत राम्रो नभएको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पूर्वमन्त्री खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

एक मात्र विकल्प महाधिवेशन ः राप्रपा महामन्त्री राणा भिडियो

सम्बन्धित

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो ७ दिने स्पष्टीकरण

तिब्बत र ताइवानसम्बन्धी गतिविधिबाट टाढा रहन चीनको नेपाललाई दबाब

‘ज्योतिष शास्त्रीय दृष्टिमा २०८३ साल नेपालका लागि शुभ रहेको छ’

समानान्तर गतिविधि नरोकेपछि पूर्णबहादुरलाई कांग्रेसले स्पष्टीकरण सोध्ने

सभामुख डीपी अर्यालको गाडीलाई सिंहदरबार पुगेर ट्राफिकले काट्यो चिट

रास्वपाले बोलायो संसदीय दलको बैठक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com