चैनपुर , २ असार । सदरमुकाम चैनपुर नजीकै रहेको डुङ्रीबाट मष्टागाउँपालिका जाँदै गरेको से१ज १०७२ नंको जीप मष्टा–१ डौठी भन्ने ठाउँमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
वडा प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक महानन्द जोशीका अनुसार जीप अप्ठेरो ठाउँमा खसेको र मान्छेसमेत जान नसक्ने भएका कारण उद्धार गर्न निकै समस्या भएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । तीन जनाको उद्धार गरिसके पनि जीपमा कति व्यक्ति सवार थिए भन्ने केही खुल्न नसकेको उहाँले बताउनुभयो । अहिलेसम्म चार जनाको शव फेला परेको र जीप भिरमा अड्किएको अवस्थामा रहेको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रजिअ सुरेश सुनार, प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसीसहितको टोली गएको छ । उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा भिरमा बाटो खनिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्