ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुलुक समृद्धीको आधार नै प्राविधिक शिक्षा हो, १२ उतीर्ण गर्दा सिपयुक्त नागरिक उत्पादन गर्छौ – मन्त्री पोखरेल


एबीसी न्यूज

टोकियो, , २ असार ।  नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरीराजमणी पोखरेलले मुलुक समृद्धीको मुल आधार नै विज्ञान र प्रविधि भएकोले अबको शिक्षा प्राविधिक हुनुपर्नेमा जोडदिनुभएको छ ।

उहाँले बिज्ञान र प्रविधी बिनाको शिक्षा सिपयुक्त नभई प्रमाणपत्रमुखी मात्रै भएको उल्लेख गर्दै अबको शिक्षाको दिशा प्राविधिक शिक्षा भएको स्पष्ट पार्नुभयो । नेपाली राजदुतावासले आइतबार जापानको टोकियोमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले वर्तमान शिक्षा प्रणाली केवल डिग्री हाशिल गर्ने र प्रमाणपत्र बुझ्ने मात्र भएको भन्दै सिप र प्रविधी सहितको जनशक्ती उत्पादन गर्ने बाटोमा सरकार लागेको बताउनुभयो । उहाले वर्तमान शिक्षा प्रणालीमा ८० प्रतिशत साधारण शिक्षा र २० प्रतिशत मात्रै प्रार्विधिक शिक्षा प्रदान भईरहेको तथ्य प्रस्तुत गर्दै अबको शिक्षा निती प्राविधिक शिक्षाको स्तर उन्नती गरि दक्ष र सिपयुक्त जनशक्ती उत्पादन रहेको बताउनुभयो । मन्त्री पोखरेलले अहिलेको शिक्षा निती नै माध्यमिक शिक्षा देखिनै प्राविधिक शिक्षा मार्फत १२ कक्षा उत्तीर्ण गर्दा एक सिपयुक्त जनशक्ती उत्पादन गर्ने भएको र सोही अभ्यासमा लागेको बताउनुभयो ।

“शिक्षालाई श्रम, श्रमलाई सिप र सिपलाई उत्पादनसंग जोड्छौ ।” मन्त्री पोखरेलले थप्नुभयो । विकास र प्रविधीको प्रयोगबाटै छलाङ मारेको देश जापान भ्रमणमा रहनु भएका मन्त्री पोखरेलले देश विकासको मेरुदण्ड नै शिक्षा भएकोले देशभित्रै आवश्यक गुणस्तरीय जनशक्ती उत्पादनका लागी शिक्षा प्रणालीमै सुधार गर्न नयाँ ढंगले सोचिएको समेत स्पष्ट पार्नुभयो । उच्च शिक्षाको लक्ष्य परिवर्तन गर्दै विश्वविद्धालयलाई परिवर्तन गरिने, मदनभण्डारी विश्वविद्यालय खोलिने, आयुर्वेद शिक्षा, योगह शिक्षा, प्राकृतिक तथा जडिबुटी जस्ता नेपालका लागि आवश्यकीय नयाँ नयाँ विषयमा उच्य शिक्षा प्रदान गरिने सरकारको योजना रहेको पनि मन्त्री पोखरेलले जानकारी दिनुभयो । बैदेशिक अध्ययनका लागि शिक्षामन्त्रालयले दिईदै आएको नो अप्जेक्सन सटिफिकेटमा (NOC) कानुनी समस्या आएकोले वितरण प्रणालीमा रोक लगाईएको भन्दै मन्त्री पोखरेलले संसदमा छलफल चलिरहेकोले निकास खोजिने प्रष्ट पार्नुभयो ।

“आत्तिई हाल्नु पर्ने अवस्था छैन, धैर्य गर्नुस, निकास खोज्छौं ।” मन्त्रीले भन्नुभयो । यसै विषयमा बजारमा केही नक्कली कागजात समेत भेटिएका थिए । नेकपाका स्थायी समिति सदस्य समेत रहनु भएका मन्त्री पोखरेलले यस अघि नेकपाको प्रवास संगठन प्रवासी नेपाली एकता मंचको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्नुभएको थियो । कार्यकर्ताले प्रवासी संगठनको एकता प्रकियामा ढिलाई हुदा कार्यकर्तामा मनमुटाव सुरु हुन थालेको गुनासो गरेका थिए ।

कार्यकर्ताको गुनासोलाई सम्वोधन गर्दै मन्त्री पोखरेलले छिट्टै टुङगो लगाउने आश्वासन दिनुभएको थियो । कार्यक्रममा जापानका लागि नेपाली राजदुत प्रतिभा राणाले जापानमा १० हजार नेपाली हुदा ३ जना डिप्लोम्याटिक कर्मचारी रहेको र हाल ९० हजार नेपाली हुदा पनि सोही दरबन्दीने नै कार्यसम्पादन गर्नुपरेकोले असुविधा भएको भन्दै मन्त्री पोखरेल मार्फत नेपाल सरकारको ध्यान आकषर्ण गराउनुभएको थियो । उहाले राजदुताबासको आफनै भवन नहुदा भिआईपी आउदा समस्या भएको गुनासो समेत गर्नुभएको थियो ।

समारोहमा बोल्दै एनआरएन अध्यक्ष भवन भट्टले सरकारसंग सहकार्य गरि एनआरएनले शिक्षाको क्षेत्रमा थुप्रै कार्यक्रम ल्याएको बताउनुभयो । समारोहमा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठ, एनआरअनका उपाध्यक्ष कुमार पन्त लगायत जापानमा अवस्थित नेपाली संग संगठनका प्रतिनिधी, प्राज्ञिक वर्ग, पत्रकार, विद्यार्थी र एनआरएन अभियान्ताहरुको बाक्लो उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com