ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अबको समय संवाद,सहकार्य र अग्रगमनको हो – प्रधानमन्त्री ओली (८ वटाप्रश्नको उत्तर)


एबीसी न्यूज


काठमाडौं, १ असार ,२०७६ जेठ २५ गते यूरोप भ्रमणमा निस्कनु भएकाप्रधानमन्त्री केपीशर्मा ओलीआजअसार १ गते स्वदेश फर्कनु भएको छ ।

अबको समय संवाद,सहकार्य र अग्रगमनको हो

मैले एक दुईवटा कुरा मात्रै भन्छु । केही कुराहरु हाम्रो वक्तव्यमाउल्लेख नभएकाजस्तो हामीले मैले टर्कीका उपराष्ट्रपतिसँग पनि भेटघाट गरेको थियौं । आइएलओकाडाइरेक्टरले दिनु भएको भोजमा संयुक्तराष्ट्र संघ महासभाकाअध्यक्ष, दक्षिण अफ्रिकाका राष्ट्रपति लगायतनर्वेका प्रधानमन्त्री अनेक नेताहरुसँग साइडलाईनमावा अनेक ढंगले वाञ्छित कुराकानीभएको छ र त्यसले ती देशहरुसँगको हाम्रो सम्बन्ध, हाम्रो आर्थिक गतिविधि,बहुआयामिक सम्बन्धलाई अगाडि बढाउन मद्दत पु¥याएको छ ।

अर्को, एउटा कुरा केहीमानिसहरुले नबुझेको कुरा के छ भने अबको समय नेपालकोआवेश, उत्तेजना, द्वन्द्व, आन्दोलनको समय होइन ।अबको समय संवाद सहमति, सहकार्य र अग्रगमनको समय हो ।

हिजो एउटा समयथियो,जतिबेलाआधारभूतप्रश्नमानै हामीले अधिकार प्राप्त गरेका थिएनौं । राजनीतिकअधिकार नै थिएन ।त्यसकारण हामीले आन्दोलन गर्नु पर्दथ्यो । जनता सार्वभौमसत्ता सम्पन्नथिएन ।त्यसकारण आन्दोलन गर्नु पर्दथ्यो ।

अहिले दुईओटा कुरा नबुझेको हो । एउटा–जनतानै सार्वभौसत्ता सम्पन्नभइसकेको छ ।तसर्थ जनताको इच्छा, भावना र हितविपरित कुनै पनि कुरा हुदैन । त्यो अर्को कुरा के हो भने अहिले जनतालाई देवतामान्ने, जनतालाई सर्वोपरी मान्ने, जनताको इच्छा, आकांक्षा, हित र आदेश अनुसार कामगर्ने जनताप्रतिउत्तरदायी सरकार छ ।त्यसकारण जनताका कुरा सुन्छ । र, जनताको हितमाकामगर्छ ।अर्को कुरा कुनै पनि कुरा शतप्रतिशत परफेक्ट नहुनपनि सक्छ ।

त्यस्तो भयो भने सरोकारवालापक्षले,जनताको कुनैपक्षले यहाँनिर यस्तो भयो है भन्ने बित्तिकै त्यो विरोधको भावनाबेस्सरी उछालेर कहाँ पुग्छु भन्नेत्यो भावना नराख्दापनिहुनेहो । त्यो विरोध केही उछालिनेवालापनि छैन् ।जनता भड्काउनसकिन्छ किभन्ने नसोचे पनिहुन्थ्यो । भड्काउन सकिनेवालापनि छैन् ।जनताकालागिकामगर्ने सरकार छ । अनिजनता के कारणले भड्किन्छ ?कुनै कमीकहीदेखियो भने त त्यो सरकारले सच्चाइहाल्छ ।त्यसकारण जनताको इच्छा अनुसार कामगर्ने जनताको सरकार भएको हुनाले जनतालाई दमन गरेर आएको सरकार होइन यो ।जनताको अभिमतबाट जनताप्रति प्रतिवद्ध रहेर, जनताप्रति प्रतिवद्धता जनाएर,त्यो प्रतिवद्धताका साथ र देशलाई अगाडि बढाउने संकल्पक साथआएको सरकार हो । त्यस कारण यो सानातिना कुराहरुमानअल्झिएहुन्थ्यो । अल्झिरहनु पर्नेआवश्यकतै थिएन ।

गुठीका नाममा

गुठीसम्बन्धीकतिपय ठाउँमा गुठीका नाममाजनतामाथि, गरिबहरु माथिशोषण भइरहेको छ । जमिन सबै कुरा एकै ठाउँ ‘टकासार भाजि टकासार खाजा’ भन्छ हिन्दीमा । त्यो हुँदैन । बैली, बहल, धार्मिक गुठी, यहाँका यस्ता ऐतिहासिक गुठीहरु, हाम्रा संस्कृतिसँग, साँंस्कृतिक परम्परासँग र यस्ता परोक्ष ढंगका साँस्कृतिक धरोहरसँग जोडिएका गुठीहरुको कुरा बेग्लै हो । यदि यस विधयकले कहीकतै त्यस प्रकारका गुठीहरुमाकतै केहीधक्का परेको रहेछ भने त्यो सरकारले विचार गर्छ ।

अब केहीमानिसहरुले खुबै मौका पायौँ भन्ठानेको होला । कुनै चान्स आउने वालाछैन । चान्स छैन । किनभने यो सरकार जनताकालागि, जनताले भने अनुसार काम गर्छ, । जनताको हितमाकाम गर्छ र यो हाम्रा परम्परा, हाम्रा संस्कृति, हाम्रा ऐतिहासिक धरोहरहरु, हाम्रा पुरातात्विकमहत्वका धरोहरहरु, पुरातात्विकमहत्वका धरोहर भन्दा घर मात्रै बुझिदैन । घरसँगजोडिएका हाम्रा संस्कृति बुझिन्छ । मच्छेन्द्रनाथको रथ यात्राआफैमा एउटा धरोहर हो । इन्द्रजात्राआफैमा एउटा धरोहर हो ।कुमारी जात्राआफैमा एउटा धरोहर हो । त्यस कारण भवन, घर, कुदिएको कलामात्रै होइन। साँस्कृतिककलाजो झन राम्ररी कुदिएको छ । त्यो पनिहो । त्यस कारण यसमाकुनै भ्रम राख्नु पर्ने आवश्यकता म देख्दिन ।

अब म आइसक्या छु । यो सबै कुरा हामी हेरेर कुनै पनिहाम्रो साँंस्कृतिक धरोहर, ऐतिहासिक धरोहर, परम्परा, चाडवाड रीतितिथिसँगकुनै कुराले कही नेरी अलिकतिपनिप्रतिकुल असर वा घच्चा जानेर वानजानेर पारेको रहेछ भने त्यसलाई त सरकारले सच्याइहाल्छ । यो सरकार बनेको जनताको मन दुखाउनहोइन । यो सरकार बनेको जनताको मन हसाँउनहो ।
त्यस कारण कहीकतै केहीनपुगेको देख्दावाकहीकतै केहीभुलबस्कतै गएको देख्दात्यो मौका आयो कि भन्ठान्नु बेकार हो । म त्यतिभन्न चाहन्छु यस सन्दर्भमा ।

अर्कोहाम्राजहाजहरु युरोपियनआकाशमापनि उड्ने छन्, विश्वकाजुनसुकै आकाशमा उड्ने छन् । त्यो उड्ने प्रवन्धकालागिहामीतयारी गर्दैछौँ । यस पल्ट पनिहामीले गम्भिरताका साथ कुरा उठाएका छौँ ।

सन् १९४७ को सम्झौतालाई त्रिपक्षीय राख्नु जरुरी छैन

अर्कोसन् १९४७ को त्रिपक्षीय सम्झौतात्यो धेरै पुरानो भयो, त्यो साँचो हो । त्यसले आजकाहाम्राआवश्यकतालाई त्यसले निर्देशितगर्न, नियन्त्रितगर्न सक्ने अवस्था छैन । त्यस कारण स्वभाविकहो योकुनै आवेश उत्तेजनाको विषयहोइन । १९४७ को त्रिपक्षीय सन्धीत्यो भारतबाट व्रिटिस गोर्खा भनिएकाहाम्रादाजुभाइहरुरेजिमेन्ट मारिएका बेलाको कुरा हो ।

त्यस कारण त्यस कुरालाई त्रिपक्षीय नै राख्नु पर्नेआवश्यकता छैन । आजहामीदुई पक्षीय सहमतीमाजान सक्छौँ । सकालागिपुनरावलोकन गर्नु पर्छ । समग्र पुनरावलोकनको पक्षमाहामी छौँ । कसरी अगाडि बढ्ने भन्ने कुरा । यो कुनै भन्ननहुने कुरा वालुकाएको कुरा होइन । मैले युकेमात्यहाँप्रधानमन्त्री थेरेसा मेरी मेसँग पनि यो कुरा गरे र हाम्रो विचार हो यो ।हाम्रो सोच हो भनेर भने । तर त्यो कुरा मात्रै संयुक्तवक्तव्यमा आउँछ जो दुवै पक्षलाई उत्तिकै सजिलोसँग स्वीकार्य हुन्छ । त्यो नभइसकेको अवस्थामात्यो दुई पक्षीय संयुक्तवक्तव्यमाआउदैन त्यो, स्वभाविकहो । अहिले हामीले उठाएका हौँत्रिक्षीय सम्झौता अब आवद्यिक रहेन, यसको पुनरावलोकन गर्नु पर्छ भन्ने कुरा हामीले उठाएका हौँ ।

भ्रमण फलदायी रह्यो

भ्रमण संक्षिप्तमाअत्यन्तै फलदायी रह्यो । हामीअत्यन्त सक्रियपनि रह्यौँ । हामीले हाम्रानीतिहरु,उपलब्धिहरु, आवश्यकताहरु,आंकाक्षाहरु यी सबै कुराहरुलाई सबै ठाउँमा सान्दर्भिक ढंगले, सान्दर्भिक ठाउँहरुमा उठाएका छौँ, अगाडि बढाएका छौँ ।

छानविन भइरहका कुरामानबोलौं

वाईड बडी चाहित्यसमा छानविन हुँदै छ । छानविन भइरहेका कुरामा मैले धेरै केहीनबोलौँ । अब गैर जवाफदेहीपाराले फलानो भ्रष्टाचार, फलानोले खायो भन्दिन मिल्छ तर मैले परिणाम नआइकन कसैको बारेमाभन्नमिल्दैन । छानविन हुँदैछ–जो दोषी छ उम्किनपाउदैन । दोषीमाथि कारवाही हुन्छ । वाइड बडी अहिलेसम्म उडेन । किनभने पहिले त तयारी नै भएको थिएनत्यसको । अब बिस्तारै उड्छ । अब सरकारको त्यसमा ध्यानगएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com