ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खेलकुद संघहरुलाई राष्ट्रिय खेलकुद परिषद मातहत राख्न नमिल्ने– खेलकुदमन्त्री विश्वकर्मा


एबीसी न्यूज

 

काठमाडौँ, ३० जेठ । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले खेलकुद संघहरुलाई राष्ट्रिय खेलकुद परिषद मातहत राख्न नमिल्ने बताउनु भएको छ ।

मन्त्री विश्वकर्माले खेलकुद संघहरु अन्तराष्ट्रिय खेलकुद संघहरुको मातहत पनि रहने भएकाले यसलाई राष्ट्रिय खेलकुद परिषदको मातहत राख्न नमिल्ने प्रष्टयाउनु भएको हो । उहाँले खेलकुद संघहरुलाई स्वायत्त संस्थाको रुपमा कानुनमा पनि व्यवस्था गर्न लागिएको स्पष्ट पार्नु भयो ।

बिहीबार संघीय संसदको विधायन व्यवस्थापन समितिको बैठकमा ‘राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५’ माथिको छलफलमा समितिका सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री विश्वकर्माले ओलम्पिक चार्टरमा नेपाल अनुबन्ध भएकाले खेलकुद संघहरुलाई राष्ट्रिय खेलकुद परिषद मातहत नराखि स्वायत्त निकायको रुपमा राख्ने कानुनी व्यवस्था गर्नु परेको पनि स्पष्ट पार्नु भयो । उहाँले खेलकुद संघहरुलाई वडास्तरमा पनि गठन गर्ने कानुनी व्यवस्था गर्न लागिएको पनि बताउनु भयो ।

मन्त्री विश्वकर्माले खेलकुद संघहरुलाई कडा नियमन हुने गरी सो विधेयक ल्याइएको पनि बताउनु भयो । बैठकमा समितिका सदस्यहरुले खेलकुद प्रतियोगिताहरु अन्तराष्ट्रिय स्तरमा पनि संचालन हुने भएकाले त्यसका नियमहरुलाई पनि ख्याल गरेर कानुन निर्माण गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका थिए । समितिका सदस्य राधेश्याम अधिकारीले अन्तराष्ट्रिय खेलकुदको नियमलाई पनि ध्यानमा राखेर कानुन निर्माणको गर्न सरकारसँग माग गर्नु भयो ।

समितिका सदस्यहरुले प्रदेश र स्थानीय तहको अधिकार हनन् नहुने गरी संघीय सरकारलाई खेलकुद सम्बन्धि कानुन निर्माण गर्न पनि सचेत गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com