प्रधानमन्त्री ओली गोरखा ब्रिगेडको मुख्यालय पुगेपछि छायो खुसियाली, गोरखा सैनिकहरुबाट गार्ड अफ अनर प्रदान



 

लन्डन, २९ जेठ  ।  बेलायत भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली गोरखा ब्रिगेड एशोसियसनको मुख्यालय पुग्नुभएको छ । गोर्खा सैनिकको समस्याबारे जानकार प्रधानमन्त्री ओलीले हिजो बेलायती प्रधानमन्त्री थेरेसा मेसँग भएको बार्तामा समस्या समाधानको प्रस्ताव गरेलगत्तै आज गोरखा ब्रिगेट मुख्यालय पुग्नुभएको हो ।

बेलायतको काम्बलीस्थि गोरखा सैनिकहरुको मुख्यालय पुगेर प्रधानमन्त्री ओलीले त्यहा कार्यरत गोरखा सैनिक र तिनका परिवारलाई भेट गर्नुभयो । प्रधानमन्त्री ओलीलाई काम्बर्ली स्थित रोयल मिलिट्री एकेडेमीमा रहेको गोरखा ब्रिगेडको मुख्यालयमा गोरखा सैनिकहरुले गार्ड अफ अनर प्रदान गरेका छन ।

 

    Comment Here!


सम्बन्धित समाचार

View All