जिप दुघर्टना हुँदा तिन जना घाइते

2019-06-12 15:23

 

काठमाडौं, २९ जेठ । बझाङको बुङ्गल नगरपालिका वडा नं ९ देउलिकोटको निमिलीमा आज बिहान ९ बजे तिर बिजगडा बाट देउलीकोट स्वास्थ्य चौकीे तर्फ जादै गरेको से १ ज ५९९ जीपको ब्रेक फेल हुर्दा १सय ५० मिटर तल खसेको त्याहाँका स्थानियवासी बताए ।

जिप दुघर्टना हुँदा तिन जना यात्रु गम्भीर घाइते भएका छन् । घाईते हुर्नेमा बुगल नगरपालिका वडा नं ।३ जीप धनी कर्ण बहादुर धामी, जीप चालक लक्ष्मण धामी, देउलीकोटका स्वास्थ्य चौकी अहेब नरेन्द्र बोहरा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

घाईतेको उपचारका लागि डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा रिफर गरेको स्थानिय शुरेस धामीले अनलाइन बताए ।

    Comment Here!


सम्बन्धित समाचार

View All