काठमाडौं, २९ जेठ । नेपाल कम्युनिस्ट पार्टी( नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकसेवा आयोगको विज्ञापनबारे प्रधानमन्त्री केपी शर्मा ओली यूरोप भ्रमणबाट स्वदेश फर्किएपछि निर्णय लिइने बताउनुभएको छ ।
चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले समितिको निर्देशनलाई अध्ययन गरेर निष्कर्षमा पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो , ‘समितिले एक ढंगले निर्देशन गर्यो । सरकारले एक खालले आफ्नो भनाइ राखिराखेकै छ । प्रधानमन्त्री आएपछि छलफल गरेर सकारात्मक निष्कर्षमा पुग्छौं ।’
मिडिया काउन्सिल विधेयक, गुठी विधेयक लगायतलाई आवश्यक परिमार्जन गरेर लैजाने भन्दै उहाँले भन्नुभयो, ‘जति गृहकार्य भएर आउनुपर्ने हो, त्यसमा केही कमी रहेको देखिन्छ । सरकार र पार्टी सतर्क भएको छ र आउने दिनेमा पर्याप्त गरेर गृहकार्य ल्याउने छ ।
प्रतिक्रिया दिनुहोस्