ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्षयरोग निवारणमा चुनौती


एबीसी न्यूज

 

काठमाडौं, २६ जेठ । सङ्घीयता कार्यान्वयनसँगै क्षयरोग निवारण गर्न थप चुनौती देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको उच्च प्राथमिकता प्राप्त कार्यक्रमभित्र रहेको सो कार्यक्रम रहेको छ । क्षयरोग उपचारका लागि दक्षजनशक्ति, प्रयोगशालाको अभाव साथमा दुर्गम क्षेत्रका बासिन्दामा ‘रोगलाग्दा उपचार गर्न स्वास्थ्य संस्थामा जानुपर्छ’ भन्ने अझै जनचेतनाका अभावका कारण निवारणका लागि चुनौती देखिएको हो ।

नेपालले सन् २०३५ भित्र सो रोग निवारण गर्ने लक्ष्य लिएको छ । पछिल्लो समय क्षयरोगका कारण वर्षेनी मृत्यु हुनेको सङ्ख्यामा घट्दो रहेपनि नयाँ रोगीको सङ्ख्यामा बढ्दो नै रहेको छ ।

विसं २०७४/७५ मा ३२ हजार नयाँ क्षयरोगका बिरामी देखिएका थिए । तीमध्ये सात हजारको अकालमा मृत्यु भएको थियो । आज प्रकाशित संयुक्त अनुगमन तथा सुझाव अध्ययनमा नयाँ क्षयरोगीको सङ्ख्या ४५ हजार पुगेको तर मर्नेको सङ्ख्या छ हजार ६०० रहेको छ ।

नेपालका चारजना विशेषज्ञ डा सेनेन्द्रराज उप्रेती, डा डिबी चन्द, डा नरेशप्रताव केसी र डा यशोवद्र्धन प्रधानसहित अन्तर्राष्ट्रिय क्षेत्रका डा पाउल नुनको नेतृत्वका १० जना विज्ञले नेपालको क्षयरोग कार्यक्रमका बारेमा अनुगमन गर्नुभएको थियो । अनुगमनका क्रममा ४६ जिल्लाबाट मात्र क्षयरोगका बारेमा विद्युतीय रिपोटिङ मन्त्रालयलाई आउने गरेको, तालीम प्राप्त जनशक्ति तथा प्रयोगशालाको अभाव देखिएको पाइएको सार्वजनिक भएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा मन्त्रालयले क्षयरोग निवारणका लागि सञ्चालित पाँचवर्षे रणनीति ९२०१६–२०२१० को पुनरावलोकन गर्न समेत सुझाव दिएको छ । क्षयरोग केन्द्र भक्तपुर लाई प्रयोगशाला तथा जनशक्ति दुवै क्षेत्रमा थप व्यवस्थित बनाउन, क्षयरोग कार्यक्रमका बारेमा थप अनुगमन गर्न र क्षयरोगीको खोज तथा उपचारको पहुँचमा ल्याउन सो टोलीले सुझाव समेत दिएको छ ।

उपप्रधान र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले क्षयरोगको भार बढ्दो क्रममा रहेका हुँदा यसलाई निवारण गर्न थप चुनौती र जटिलता रहेको बताउनुभयो । उहाँले क्षयरोग निवारणका लागि कार्यान्वयनमा आइरहेको पञ्चवर्षीय योजनाका लक्ष्य पूरा गर्न मन्त्रालयले प्राथमिकता दिएको, भौगोलिक विकटता र जनचेतनाका कारण सबैलाई उपचारको पहुँचमा ल्याउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

“सङ्घीयता कार्यान्वयनसँगै सङ्घ, प्रदेश र स्थानीय निकायबाट सहज रुपमा स्वास्थ्य सेवा पु¥याउन मन्त्रालयले उच्च प्राथमिकता दिएको छ । क्षयरोग निवारण गर्न थप लगानी बढाइँदै जाने मन्त्रालयको नीति रहेको छ” उपप्रधानमन्त्री यादवले भन्नुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव रामप्रसाद थपलियाले क्षयरोग निवारण गर्न लागू भएको पञ्चवर्षीय रणनीतिलाई प्रभावकारी कार्यान्वन गरिने र अनुगमन समेत गरिने बताउनुभयो । अध्ययन टोलीका अन्तर्राष्ट्रिय विज्ञ पाउल नुनले क्षयरोग निवारणका लागि थप लगानी, जनशक्ति र प्रयोगशालाको पहुँच बढाई र सबै जनतालाई उपचारको पहुँचभित्र ल्याउन सुझाव दिनुभयो ।

क्षयरोग केन्द्रका निर्देशक डा भीमसिंह तिंकरीले नयाँ क्षयरोगीको खोजी र उपचारको पहुँचमा ल्याउन केन्द्रले खोजपट्तालका कार्यक्रम अभियानका रुपमा सञ्चालन गरिरहेको छ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com