ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागलुङको पर्यटन विकासमा सङ्घीय सरकारको पाँच करोड


एबीसी न्यूज

 

काठमाडौं, २६ जेठ । सरकारले बागलुङ जिल्लाको पर्यटकीय गन्तव्यको विकासका लागि रु पाँच करोड पाँच लाख बजेट विनियोजन गरेको छ । पर्यटकीय क्षेत्रका लागि आवश्यक पूर्वाधार निर्माणसँगै प्रवद्र्धन गर्नका लागि बजेट विनियोजन भएको सङ्घीय सांसद डा सूर्य पाठकले जानकारी दिनुभयो ।

बागलुङ जिल्लाको पर्यटकीय गन्तव्यको रूपमा सूचीकृत गरेको बागलुङ कालिका मन्दिर, ढोरपाटन, पञ्चकोट र भैरव स्थान मुलावारी गाजादहलाई रु ५०/५० लाख विनियोजन भएको अर्थ मन्त्रालयले जनाएको छ । यस्तै पञ्चकोटको थप पूर्वाधार निर्माणका लागि रु ८० लाख विनियोजन भएको सांसद मनकुमारी केसीले बताउनुभयो ।

आब २०७६/७७ को बजेटले बागलुङको पर्यटन विकासमा रु पाँच करोड पाँच लाख रकम विनियोजन भएर आएको हो । जिल्लाको बलेवास्थित भैरबस्थान मन्दिर संरक्षणका लागि रु १० लाख, काठेखोला गाउँपालिका–७ रेशमा मदन भण्डारी पदमार्ग निर्माणका लागि रु २५ लाख, शहिद गोविन्द अधिकारी स्मृति प्रतिस्ठानका लागि रु २० लाख, ढोरपाटनमा मगर सांस्कृतिक सङ्ग्रहालय निर्माणका लागि रु २० लाख, ब्रम्हाकमल मन्दिरलाई रु १५ लाख, बागलुङ नगरपालिकाको रातमाटास्थित सरस्वती मन्दिरका लागि रु १० लाख, तमानखोला गाउँपालिकास्थित बराहाताल÷कटेरी संरक्षणका लागि रु १० लाख, बडिगाड गाउँपालिकाको राधाकृष्ण मन्दिरका लागि रु १५ लाख विनियोजन भएको सङ्घीय सांसद देवेन्द्र पौडेलले बताउनुभयो ।

यस्तै ताराखोला गाउँपालिकामा सांस्कृतिक सङ्ग्रहालय निर्माणका लागि रु २० लाख, रातमाटा विकास समाजका लागि रु ४० लाख, गलकोट नगरपालिकाको घुम्टेस्थित सिद्धभैरव मन्दिर संरक्षणका लागि रु २० लाख, भैरवस्थान मुलावारी हुँदै रेश जाने पदमार्ग निर्माणका लागि रु १० लाख र घोडाबाधे घुम्टे पदमार्ग निर्माणका लागि रु १० लाख बजेट विनियोजन भएको सांसद केसीले जानकारी दिनुभयो ।

‘‘विनियोजित बजेटले पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण, मन्दिरको संरक्षण तथा जिर्णोद्वार, पदमार्ग निर्माण र संस्कृतिको संरक्षण गर्नका लागि प्रयोग हुनेछ’’ पाठकले भन्नुभयो, ‘‘बागलुङको पर्यटकीय क्षेत्रको विकासका लागि विनियोजन बजेटले ठूलो महत्व राख्नेछ ।’ पर्यटकीय गन्तव्यको रुपमा रहेका जैमिनी धाम, बिहु“को रामकोट, हांडीकोटलगायतका क्षेत्रहरुमा बजेट विनियोजन गर्दा छुटेका कारणपछि सम्बोधन गर्ने गरी थप पहल गर्ने डा सुर्य पाठकले बताउनुभयो ।

पर्यटन मन्त्रालयको कूल बजेट रु दुई अर्ब ६८ करोड रहेको छ । पर्यटकीय स्थलहरूको प्रचारप्रसार, पहिचान भएका गन्तव्यको पूर्वाधार निर्माणमा तीव्रता दिने र थप नयाँ पर्यटकीय गन्तव्य स्थलहरूको पहिचानमा सरकारले जोड दिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com