ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एचआइभी सङ्क्रमित आरोहीलाई सम्मान


एबीसी न्यूज
जेष्ठ २३, २०७६ बिहीबार  ५ : ५२ बजे

 

काठमाडौं,२३ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कीर्तिमानी कायम गरेका एचआइभी सङ्क्रमित गोपाल श्रेष्ठलाई सम्मान गरिएको छ । पोखरा महानगरपालिका–७ निवासी श्रेष्ठलाई पोखरा महानगरपालिकाले आज सम्मान गरेको हो ।

विगत २५ वर्षदेखि एचआइभीबाट पीडित पूर्व ए डिभिजन फुटबल खेलाडी ५६ वर्षीय श्रेष्ठले यही जेठ ८ गते सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । महानगरप्रमुख मानबहादुर जिसीले श्रेष्ठलाई दोसल्ला तथा मायाको चिनोसहित सम्मान गर्दै श्रेष्ठ पोखराको शान र गौरव रहेको तथा महानगरको झण्डा सगरमाथाको चुचुरोमा फर्फराएकामा आभार व्यक्त गर्नुभयो ।

महानगरप्रमुख जिसीले भन्नुभयो, “श्रेष्ठजी प्रेरणाको स्रोत हुनुभएको छ, कुनै रोग लाग्यो भन्दैमा हीनताबोध गर्नु हुन्न भन्ने सन्देश उहाँले गरेको सगरमाथा आरोहणले दिएको छ ।” श्रेष्ठको सगरमाथा आरोहणबाट एचआइभी सङ्क्रमितले पनि समाजमा केही सकारात्मक सन्देश दिन सक्दछन् भन्ने पुष्टि भएको प्रमुख जिसीले उल्लेख गर्नुभयो ।

सम्मानित व्यक्तित्व श्रेष्ठले एचआइभी भएको भनेर सार्वजनिक नगर्न दबाब आए पनि आफूले सङ्क्रमित व्यक्ति समाजमा लुकेर बस्नु हुँदैन केही न केही गर्नुपर्दछ भनेर खुलेर प्रस्तुत भएको बताउनुभयो ।

सगरमाथा आरोहण गर्छुभन्दा कतिपयले हाँसोका रुपमा लिएको र कतिले सोच राम्रो हो तर खै भन्ने गरेको स्मरण गर्दै श्रेष्ठले पहिलो पटक विसं २०७२ मा आरोहणको तयारी गरे पनि भूकम्पका कारणले आधार शिविरबाटै फिर्ता हुनुपरेको बताउनुभयो ।

अनेक चुनौतीको सामना गर्दै सगरमाथाको चुचुरोमा पुगेको बताउँदै उहाँले एचआइभी सङ्क्रमितलाई समाजले हेर्ने दृष्टिकोणमा परिर्वतन जरुरी रहेको उल्लेख गर्नुभयो । महानगरपालिकाका प्रवक्ता एवम् वडा नं ५ का अध्यक्ष धनबहादुर नेपालीले श्रेष्ठ पोखराको शान र गौरव भएको बताउँदै उहाँको नाम विश्व रेकर्डमा दर्ज हुने बताउनुभयो । कार्यक्रममा श्रेष्ठको आरोहणमा सहयोग पु¥याउने व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इजरायली सेनाको आक्रमणमा परी लेबनानमा १२ सुरक्षाकर्मीसहित १९ जनाको निधन

प्रधानमन्त्री बालेन्द्रलाई गाली गरेको आरोपमा युट्युबर पक्राउ

सम्बन्धित

इजरायली सेनाको आक्रमणमा परी लेबनानमा १२ सुरक्षाकर्मीसहित १९ जनाको निधन

आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस

प्रधानमन्त्रीको भारत भ्रमणबारे सैद्धान्तिक सहमति, मिति तय हुन बाँकी

केही ठाउँमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

हंगेरीमा १६ वर्षपछि ओरबानको सिंहासन डगमगाउँदै

नागढुङ्गा–मुग्लिङ सडक अनुगमनमा गृहमन्त्री गुरुङः ‘काममा ढिलासुस्ती भए ब्ल्याक लिस्टमा राखिने’ चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com