ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भौतिक पूर्वाधार निर्माणमा आक्रामक प्राधिकरण, एकै दिन तीन सबस्टेशन सञ्चालनमा


एबीसी न्यूज

 

काठमाडौँ, २१ जेठ । विगत एक वर्षमा नेपाल विद्युत् प्राधिकरणले निर्माणाधिन अवस्थामा रहेको र सञ्चालनमा रहेका सबस्टेशनको क्षमता विस्तार अभियानलाई आक्रामक रुपमा अगाडि बढाएको छ ।

सहज रुपमा विद्युत्को पुहँच पु¥याउने र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यका साथ प्राधिकरणले सबस्टेशन निर्माण तथा क्षमता विस्तारलाई प्राथमिकता दिएको हो । प्राधिकरणले विद्युत्को पहुँच बढाउँदै विश्वसनीय विद्युत् आपूर्तिका लागि मुलुकभर अभियानकै रुपमा निर्माण गरिरहेको सबस्टेशनका काम धमाधम सम्पन्न भइरहेको छ ।

प्राधिकरणले तीन सबस्टेशनको निर्माण सम्पन्न गरी सोमबारदेखि सञ्चालनमा ल्याएको छ । सप्तरीको बोदेबर्साइन र गोरखाको पालुङटारमा निर्माण भएका ३३÷११ केभी सबस्टेशनको परीक्षण गरी सञ्चालन ९चार्ज०मा ल्याइएको हो । सप्तरीको दक्षिण–पश्चिम र गोरखाको पश्चिम क्षेत्रको विद्युत् आपूर्ति सुधार गर्न क्रमश ः बोदेबर्साइन र पालुङटार सबस्टेशन निर्माण गरिएको हो ।

यस्तै बाँकेको धामपुरमा निर्माण भएको ३३÷११ केभी सबस्टेशनको निर्माण सम्पन्न भई परीक्षण भई चार्ज हुने अवस्थामा पुगेको छ । प्राधिकरणले २०६७ को जेठबाट धामपुर सबस्टेशन निर्माण शुरु गरेको थियो । सबस्टेशन सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत् आपूर्ति व्यवस्थित, भरपर्दो तथा प्रभावकारी हुने तथा प्राविधिक चुहावटमा कमी आउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।

“विगत १० वर्षदेखि अलपत्र अवस्थामा रहेको सबस्टेशनको काम सम्पन्न भएको छ, यसले प्राधिकरणलाई त खुशी तुल्याएको छ नै त्योभन्दा बढी खुशी स्थानीयवासीलाई तुल्याएको छ”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो । ठेक्का लागेपछि ठेकेदारको कमजोर कार्यसम्पादनलगायतका समस्या झेल्दै १०÷११ वर्षदेखि अलपत्र पारिएका वितरण सबस्टेशनको निर्माण सम्पन्न गरी सञ्चालनमा आएको भन्दै उहाँले बाँकीको कामसमेत छिट्टै सम्पन्न हुने बताउनुभयो ।

देशबाट विद्युत्भार कटौतीको अन्त्य भएपछि विद्युत् आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन मुलुकभर नै नयाँ सबस्टेशनको निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा प्राधिकरणले अगाडि बढाएको छ । नेपाल सरकार, प्राधिकरणको लगानी र दातृ निकाय एशियाली विकास बंैक ९एडीबी०को सहुलियतपूर्ण ऋणमा वितरण सबस्टेशको निर्माण भइरहेको छ । एडीबीको वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनाअन्तर्गत नारायणी नदी पूर्व १३ र पश्चिम १२ गरी २५ वटा वितरण सबस्टेशनको निर्माण भइरहेको छ । यसमध्ये झापाको घैलाडुब्बा, कैलालीको हसुलियालगायतका सबस्टेशन सञ्चालनमा आइसकेका छन् ।

त्यसमध्ये चालू आर्थिक वर्षको बाँकी अवधिमा निर्माणमा कुनै अवरोध नभएमा पाँच सबस्टेशनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने आयोजना प्रमुख बोधराज ढकालले बताउनुभयो ।

“सप्तरीको दक्षिण–पश्चिम क्षेत्रका उपभोक्ताले कम भोल्टेजका कारण पानी तान्ने मोटर चलाउन नपाउने, बत्ति नबल्नेलगायतका समस्या झेल्दै आएका रहेछन्, सोमबारदेखि बोदेबर्साइन सबस्टेशनबाट विद्युत् आपूर्ति हुन थालेपछि सबै समस्या समाधान भयो, उपभोक्ता खुसीयाली मनाउन सबस्टेशनमै आए, यस्तै खुसीयाली सबै ठाउँमा देखिएको छ”, ढकालले भन्नुभयो ।

नेपाल सरकार र प्राधिकरणको लगानीमा निर्माण सम्पन्न भएको धामपुर सबस्टेशनबाट बाँकेको राप्ती सोनारी र नरैनापुर गाउँपालिकाका करिब ९५ हजार जनता लभान्वित हुने छन् । सबस्टेशनबाट ११ केभीका ४ वटा फिडर निकाली दुई गाउँपालिका सम्पूर्ण क्षेत्रमा विद्युतीकरण गरिने प्राधिकरण नेपालगञ्ज क्षेत्रीय कार्यालय प्रमुख मनोजकुमार सिंहले जानकारी दिनुभयो ।

सरकारले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत् आपूर्तिका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने नीति लिएको छ । यसका लागि प्राधिकरणले सबस्टेशनको क्षमता स्तरोन्नति तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारण लाइन तथा सबस्टेशन निर्माणको काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com