ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एविसी मिडिया ग्रुपको समृद्धि : आधार वर्ष – २०७५ पुस्तक सार्वजनिक


एबीसी न्यूज
जेष्ठ १८, २०७६ शनिबार  ७ : ४८ बजे

काठमाडौ, १८ जेठ ।  एविसी मिडिया ग्रुपले समृद्धि : आधार वर्ष – २०७५ पुस्तक सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले एक कार्यक्रका विच पुस्तक विमोचन गर्नुभएको हो । अघिल्लो वर्ष एविसी न्यूजले समृद्धि विशेष अन्र्तवार्तामुलक कार्यक्रम प्रस्तुत गरेको थियो यसैको लिपीको रुपमा पुस्तक सार्वजनिक भएको हो । पुस्तक सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले एविसी न्यूजले विकास र समृद्धिका लागि गरेको खबरदारीले सरकारलाई सकारात्मक बाटोमा हिड्न प्रेरित गरेको बताउनुभयो ।

करिब दुई तिहाई बहुमतको नेकपा सरकारले गतवर्ष विकास र समृद्धि आफ्नो एजेण्डा सार्वजनिक गरेको थियो । समृद्धिको वर्षको रुपमा लिएको सरकारले देशलाई समृद्ध बनाउन भनेर के कार्यक्रम गर्यो ? एबीसीले खबरदारी गर्दै देशमा के कसरी विकास र समृद्धि हासिल गराउन सकिन्छ भनेर सरकारी नीति निर्माताहरुलाई सुझाव समेत दिएको थियो ।

संघ, प्रदेश र स्थानीय तहमा नेतृत्व गरिरहेका राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, कुटनीतिक, क्षेत्रसँग जोडिएका व्यक्तित्व तथा विज्ञहरुसँग एविसी टेलिभिजनले निरन्तर छलफल र बहस चलाएको थियो । स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, सुरक्षा, जस्ता विषयमा विज्ञ र मन्त्रीहरुसंग छलफल गरी सांच्चिकै समृद्धि हासिलका लागि गम्भीर बन्न एबीसीले सचेत बनाएको थियो ।

टेलिभिजनले सञ्चालन गरेको समृद्धिको बहसलाई पुस्तकमा उतारिएको हो । त्यसको अलावा सातै प्रदेशका मुख्यमन्त्रीहरु, विभिन्न क्षेत्रका विज्ञहरु, राष्ट्रपति प्रधानमन्त्री र अर्थमन्त्रीले स्वदेश तथा विदेशमा दिएका विकास र समृद्धि सम्बन्धी अवधारणाहरु समेत पुस्तकमा समेटिएको छ ।

पुस्तक विमोचन गर्दै अर्थमन्त्री खतिवडाले पुस्तकले सरकारले आगामी आर्थिक वर्षका लागि घोषणा गरेको बजेटमा जनमैत्री कार्यक्रम घोषणा गर्न एविसी समृद्धि विशेषले पनि सघाउ पुर्याएको बताउनुभयो । देशको विकास र समृद्धिको निम्ति सरकार प्रतिवद्ध भएर काम गरिरहेको समेत उहाँले बताउनुभयो ।

पुस्तकमा २०७५ सालमा सरकारले अंगिकार गरेको तथा सुधार गरेको कुटनीतिक सम्बन्ध, समृद्धिका लागि आवश्यक शिक्षा, स्वास्थ्य, पर्यटन,कृषि, जलस्रोत, राष्ट्रिय सुरक्षा, प्रदेश सरकारको भुमिका तथा संघीयता कार्यान्वयन, लगायतका विषयमा आ–आफ्ना क्षेत्रका विज्ञहरुको अन्र्तवार्ता तथा लेखहरु प्रकाशित रहेका छन् ।

सरकारलाई समृद्धिको निम्ति निती, कार्यक्रम तथा सरकार सञ्चालनका लागि जिम्मेवार गराउनको समृद्धि बहस चलाइएको एविसी मिडिया ग्रुपका अध्यक्ष तथा प्रधान सम्पादक शुभशंकर कँडेलले बताउनुभयो । समृद्धि आधार वर्षमा भए गरेका कामहरु पछिल्लो पुस्तालाई पनि सन्दर्भ सामाग्रीको रुपमा रहिरहोस भन्ने हेतुले ऐतिहासिक दस्तावेजको रुपमा पुस्तक प्रकाशन गरिएको अध्यक्ष कंडेलको बताउनुभयो ।

समृद्धि आधार वर्ष २०७५ पुस्तकको निस्कर्ष अबको बाटो विकास र समृद्धि मात्र भएको रहेको छ । समृद्ध नेपाल सुखी नेपालीको नारा बोकेको सरकारलाई विकास बाहेक अन्य काममा ध्यान दिने छुट नभएको भन्दै खबरदारी पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

शनिबार साँझदेखि इस्लामावादमा अमेरिका–इरान वार्ता जारी, ‘गहिरो वार्तामा अमेरिका’ — ट्रम्प

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : राजनीतिशास्त्री प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

सम्बन्धित

एसपीपी पास गर्नै दिनुुहुन्न, नेकपा नेता, गुरुङ भिडियो

आईपीएल क्रिकेटमा लखनउले कोलकातालाई हरायो

इरान पाकिस्तानमा हुने वार्तामा सहभागी हुने

New Politics, Old Habits: Balen Shah’s Kitchen Cabinet Fuels Cronyism Debate

इरानद्वारा खसालिएको अमेरिकी लडाकु विमानका बेपत्ता पाइलटको खोजी तीव्र

काठमाडौंका पूर्व सीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com