काठमाडौं,१८ जेठ । एविसी मिडिया ग्रुपले आज एक कार्यक्रमका बीचसमृद्धि आधार वर्ष–२०७५ पुस्तक विमोचन गरेको छ ।
अर्थ मन्त्री डा. युवराज खतिवडाले पुस्तकको विमोचन गरेका हुन् । करिब दुई तिहाई बहुमतको नेकपा सरकारले गतवर्ष विकास र समृद्धिको आफ्नो एजेण्डा सार्वजनिक गरेको थियो । समृद्धिको वर्षको रुपमा लिएको सरकारले देशलाई समृद्ध बनाउन भनेर के कार्यक्रम गर्यो ? एबीसीले खबरदारी गर्दै देशमा के कसरी विकास र समृद्धि हासिल गराउन सकिन्छ भनेर सरकारी नीति निर्मातालाई झक्झकाउनको निम्ति अघिल्लो वर्ष समृद्धि बहस सञ्चालन गरेको थियो ।
स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, सुरक्षा, जस्ता विषयमा विज्ञ र मन्त्रीहरुसंग छलफल गरी सांच्चिकै समृद्धि हासिलका लागि गम्भीर बन्न एबीसीले सचेत बनाएको थियो । टेलिभिजनले सञ्चालन गरेको समृद्धिको बहसलाई पुस्तकमा उतारिएको हो । त्यसको अलावा सातै प्रदेशका मुख्यमन्त्री, विभिन्न क्षेत्रका विज्ञ, राष्ट्रपति, प्रधानमन्त्री र अर्थमन्त्रीले स्वदेश तथा विदेशमा दिएका विकास र समृद्धि सम्बन्धी अवधारणा समेत पुस्तकमा समेटिएको छ ।
प्रतिक्रिया दिनुहोस्