ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सी जिनपिङको दोस्रो कार्यकाल कस्तो रहला ?


admin

काठमाडौं, ४ कात्तिक । चिनियाँ राष्ट्रपति सी जिनपिङको पाँच वर्षे कार्यकाल सकिएको छ । तर, परम्पराकै आधारले दोस्रो कार्यकालको रुपमा आगामी पाँच वर्ष राष्ट्रपतिकै रुपमा सीले चीनको नेतृत्व गर्ने छन् । पहिलो कार्यकालमा अत्याधिक लोकप्रिय राष्ट्रपति सी फेरी एक पटक चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव निर्वाचित हुँदै दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित हुनेछन् । पहिलो कार्यकालमा हासिल गरेको सफलतालाई आधार मान्ने हो भने सीको दोस्रो कार्यकालमा चीन एक नम्बर आर्थिक शक्ति राष्ट्र बन्नबाट दुनियाँले रोक्न सक्ने छैन । त्यति मात्र होइन, फेरी एक पटक चीनलाई नेतृत्व गर्न पाए सी जिनपिङले सुरु गरेको वेल्ट एण्ड रोड लगायतका महत्वकांक्षी योजनाहरुले समेत पूर्णता पाउने निश्चित छ । तर, सीको दोस्रो कार्यकाल पनि त्यति सहज भने हुने छैन ।

चिनियाँ सेना विश्वकै शक्तिशाली
बुधबार चिनियाँ कम्युनिष्ट पार्टीको १९औ महाधिवेशन सुरु भएको छ । पार्टीको महासचिव रहेका राष्ट्रपति सी जिनपिङले महाधिवेशनलाई सम्बोधन गर्दै भनेका छन् : चिनियाँ सेनालाई विश्वको नम्बर वान सेना बनाउँछु । १९औं महाधिवेशनलाई सम्बोधन गर्दै राष्ट्रपति सीले बोलेका यो शब्द महत्वपूर्ण छ । चिनियाँ सेनालाई विश्वकै शक्तिशाली बनाउने राष्ट्रपति सीको उद्घोषले चीन शैन्य शक्तिमा लगानी बढाउने दिशमा केन्द्रित रहेको प्रष्ट हुन्छ । त्यति मात्र होइन, विश्व शक्ति चीनलाई वाह्य शक्तिबाट खतरा रहेको र चीन त्यो खतराबाट बच्न शैन्य शक्ति बलियो बनाउने तरखरमा रहेको बुझ्न मुस्किल पर्दैन । र, दोस्रो कार्यकालको लागि राष्ट्रपति निर्वाचित भएपछि सी जिनपिङले सैन्य शक्ति मजबुत बनाउन विशेष काम गर्नेछन् ।

बिकासबारे पाको अभिव्यक्ति
राष्ट्रपति सी जिनपिङले पार्टीको १९औ महाधिवेशनलाई साढे तीन घण्टा सम्बोधन गरेका थिए । उनले सम्बोधनका क्रममा भने : राष्ट्रको कायाकल्प गर्नु पार्कमा डुल्नुजस्तो होइन । चीनमा तेस्रो युग ल्याउन सफल सी जिनपिङसँग स्वभाविक भौतिक बिकासको अनुभव अधिक छ । दुनियाँ चकित हुने गरी प्रविधि र पूर्वधार विकासका क्षेत्रमा सफलता हासिल गरेका राष्ट्रपति सीको यो भनाइलाई विकासको क्षेत्रमा अनुभवि अभिव्यक्ति मानिएको छ । आफ्नो दोस्रो कार्यकालाई समेत आकंलन गरेर उनले यो अभिव्यक्ति सार्वजनिक गरेका हुनसक्छन् । सीको यो विकास सम्बन्धी अभिव्यक्तिले अझै पनि चीनमा पूर्वाधार विकासको चरण बाँकी नै रहेको संकेत गर्छ ।

गन्तव्यमा पुग्ने चुनौती
चीनका लागि गरिबी निवारण ठूलो समस्या मानिएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको १८औं महाधिवेशनले सन् २०२० सम्ममा गरिबी निवारण गरिसक्ने नीति अघि सारेको थियो । सोही नीति अनुसार पाँच वर्ष काम गर्दा सी जिनपिङले अद्धितिय सफलता हासिल गरेका छन् । सन् २०२० सीकै दोस्रो कार्यकालमा पर्छ । त्यसैले, गरिबी निवारणका लागि सीले ठूलै चुनौती सामना गर्नुछ । तर, यो काममा राष्ट्रपति सी सफल हुनेमा चिनियाँ नागरिक आशावादी छन् । सन् २०२० सम्ममा एउटा मध्यम समृद्ध समाज निर्माण गर्ने चिनियाँ कम्युनिष्ट पार्टीले आफ्ना जनतासमक्ष वाचा गरेको छ । यो वाचा पुरा गर्ने जिम्मेवारी पनि सीकै काँधमा आउने छ । राष्ट्रपति सीको पहिलो कार्यकालमा वेल्ट एण्ड रोड जस्ता महत्वकांक्षी परियोजना सुुरु भएका छन् । यी पूर्व निर्धारीत गन्तव्यहरुमा पुग्न दोस्रो कालमा राष्ट्रपति सीलाई सहज हुने छैन ।

कठोर अनुशासन र भ्रष्टाचार नियन्त्रण
सन २०१२ मा सम्पन्न १८औं राष्ट्रिय कांग्रेस मार्फत चिनियाँ कम्युनिष्ट पार्टीले कठोर पार्टी अनुशासन र भ्रष्टाचार नियन्त्रणमा विशेष नीति अबलम्बन गरेको छ । सोही नीतिको आधारमा राष्ट्रपति सीको पहिलो पाँच वर्षे कार्यकालमा सयौ भ्रष्टहरु कारवाहीको भागीदार भएका छन् । आगामी पाँच वर्षका लागि पनि चिनियाँ कम्युष्टि पार्टीले भ्रष्टाचार विरोधी अभियान झनै कडाइका साथ संचालन गर्नेछ । तर, विस्तारै खुल्ला अर्थतन्त्र अंगाल्दै गएको चीनमा भ्रष्टाचार झनै बढ्ने अनुमानले भ्रष्टाचार विरुद्धको अभियान त्यति सहज मानिएको छैन । अझै भ्रष्टाचार बढ्ने अनुमानका कारण दोस्रो कार्यकालमा सी जिनपिङले भ्रष्टाचार विरुद्ध ठूलै संघर्ष गर्नु पर्ने बताउँछन्, चीनका लागि पूर्व नेपाली राजदूत डा. महेश मास्के ।

सीको दोस्रो कार्यकालमा नेपाल–चीन सम्बन्ध
सी जिनपिङ चिनियाँ राष्ट्रपति निर्वाचित भएदेखी नै नेपाल भ्रमण गर्ने विषयले प्रथामिकता पाएको थियो । राष्ट्रपति सीले पनि नेपाल भ्रमण गर्न इच्छुक रहेको बताएका थिए । तर, पहिलो पाँच वर्षे कार्यकालमा राष्ट्रपति सीले नेपालको भ्रमण गर्न सकेनन् । दोस्रो पटक राष्ट्रपति निर्वाचित भएपछि भने सीले नेपालको भ्रमण गर्नेमा चीनका लागि पूर्व नेपाली राजदूल डा. महेश मास्के बताउँछन् । डा. मास्केका अनुसार राष्ट्रपति सी नेपालमा स्थिर राजनीतिको पर्खाइमा छन् । संविधान कार्यान्वयनसँगै नेपालकको राजनीति स्थिर हुने भएकाले राष्ट्रपति सीले नेपालको भ्रमण गर्नेमा डा. मास्के विश्वस्त छन् ।

चिनियाँ मेडेलको समाजवाद
चीनले चिनियाँ विशेषता सहितको समाजवाद विकासको क्रममा छ । चिनियाँ कम्युनिष्ट पार्टीका शक्तिशाली नेतृत्व र चिनियाँ विशेषतासहितको समाजवाद नै चीन बिकासको मुख्य आधार मानिएको छ । सन १९८२ मा सम्पन्न १२औं राष्ट्रिय कांग्रेस यत चिनियाँ कम्युष्टि पार्टीले चिनियाँ विशेषतासहितको समाजवादको नारालाई प्राथमिकता दिदै आएको छ । यसका लागि चार विस्तृत योजनाहरुलाई अघि सारिएको छ । जहाँ चार दीर्घकालिन रणनीतिहरु रहेका छन । समृद्ध समाज निर्माण, सुधारको कार्यक्रम लागु, विधिको शासन कायम गर्नु र पार्टीको शासनलाई सुदृढ पार्नु चिनियाँ विशेषता सहितको समाजवादको मुख्य आधार मानिएको छ । यसैको आधारमा सी जिनपिङले पाँच वर्षे कार्यकालमा काम गरेका थिए । अब, यसलाई व्यवस्थित गर्नु सी जिनपिङका लागि दोस्रो कार्यकाल चुनौतीपूर्ण र महत्वपूर्ण हुनेछ ।

चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो अनुकुलतामा नेतृत्व चयन गर्नेछ । दोस्रो कार्यकालका लागि सी जिनपिङनै राष्ट्रपति निर्वाचित हुने कुरामा पनि कुनै आशंका छैन । तर, १९औं महाधिवेशनबाट चीनले अवलम्बन गर्ने नीति विश्वका लागि चासोको बिषय बनेको छ । विश्वको दोस्रो ठूलो आर्थिक शक्ति राष्ट्र चीनले अब एक नम्बरको आर्थिक शक्ति राष्ट्र बन्न ठूलै संघर्ष गर्नेछ । विश्व शक्ति राष्ट्र बनेसँगै चीनले सुरक्षा चुनौती स्वभाविक समाना गर्नुछ । १९औं महाधिवेशनमा राष्ट्रपति सीले चिनियाँ सेनालाई विश्वकै शक्तिशाली सेना बनाउने उद्घोष त्यसै गरेका होइनन । यसको मतलव अब चीनले आणविक शक्ति संचयमा समेत ठूलो लगानी गर्नेछ । र, पहिलो कार्यकालमा प्रविधि र पूर्वाधार विकासको क्षेत्रमा हासिल गरेको अद्धितिय सफलतालाई निरन्तरता दिन चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशनले दुनियाँलाई त्रसित बनाउने नीति तय गर्नेमा कुनै दुविधान छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि दैनिक चार घण्टा बन्द हुँदै मुग्लिन-पोखरा सडक

निर्वाचन आयोगमा १२२ दल दर्ता, ७ खारेज, २८ प्रक्रियामै

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com