काठमाडौँ, १७ जेठ । भारतको १५औँ प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदीले पद तथा गोपनीयताको शपथग्रहण लिनुभएको छ । राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामनाथ कोविन्दले मोदीलाई सपथग्रहण गराउनुभएको हो । हालै सम्पन्न १७ औँ लोकसभा निर्वाचनपछि मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) ले अत्यधिक बहुमत ल्याएकाले मोदीले सरकार गठन गर्नु भएको हो । प्रधानमन्त्रीका रुपमा ६८ बर्षीय मोदीको यो दोस्रो कार्यकाल हो । शपथग्रहण समारोहमा शीर्ष नेता, विदेशी अतिथिलगायत आमन्त्रित विशिष्ट व्यक्तिहरू सहभागी भएका थिए ।
आजै भारतिय प्रधानमन्त्री मोदीले मन्त्रि मण्डल विस्तार गरेका छन् । उनले अमित शाहलाई देशको नयाँ गृहमन्त्री बनाइएको छ भने राजनाथ सिंहलाई रक्षा मंत्रीको जिम्मेवारी दिइएको छ। यस समय वित्त मंत्रालय को महत्त्वपूर्ण जिम्मेवारी संग निर्मल सतीरामनलाई दिएको छ ।
सूचि हेर्नुहोस
प्रतिक्रिया दिनुहोस्