ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतका प्रधानमन्त्री मोदीको सपथ ग्रहण आज , प्रधानमन्त्री ओली दिउँसो १ः३५ बजे दिल्ली जाँदै


एबीसी न्यूज
जेष्ठ १६, २०७६ बिहीबार  ८ : ०६ बजे

काठमाडौं, १६ जेठ । हालै भएको १७ औं लोकसभा निर्वाचनमा भाजपाले स्पष्ट बहुमत हासिल गरेपछि नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न लागेका छन् ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज पद तथा गोपनीयताको सपथ ग्रहण गर्दैछन् । उनलाई राष्ट्रपति रामनाथ कोविन्दले साँझ ७ बजे सपथ ग्रहण गराउने छन् ।

मोदीको सपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली पनि दिल्ली जाँदै हुनुहुन्छ । नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिउँसो १ः३५ बजे त्यसतर्फ प्रस्थान गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री ओली भोलि साँझ करिब ५ः३० बजे स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री ओली बिहीबार साँझ भारतको राष्ट्रपति निवासमा आयोजित शपथ ग्रहण समारोहमा सहभागी हुनुहुने छ । उहाँले भारतीय समकक्षी मोदीसँग शुक्रबार बिहान ब्रेकफास्ट बैठक गर्ने बुझिएको छ । सो बैठक करिब आधा घण्टाको हुने भएकोले त्यसमा एजेण्डागत रुपमा कुरा हुन नसक्ने अवस्था रहेपनि समग्र रुपमा दुई देशबीचको सम्बन्धको समीक्षा हुने बालुवाटार स्रोतले बताएको छ।

सपथग्रहण समारोहमा ८ हजार जनालाई निम्तो दिइएको छ । यो सपथ ग्रहण समारोह हालसम्मकै भव्य हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन्

। सपथ ग्रहण समारोहमा नेपाल, भुटान, मोरिससका प्रधानमन्त्री तथा श्रीलंका, बंगलादेश, म्यानमारका राष्ट्रपति पनि सहभागी हुनेछन् । थाइल्याण्ड र कीर्गिस्तानका सरकार प्रमुखलाई पनि सपथग्रहण समारोहमा बोलाइएको छ ।
तर, यसपटक पाकिस्तानका प्रधानमन्त्रीलाई सपथग्रहण समारोहमा बोलाइएको छैन । अघिल्लो पटक सार्क देशका प्रमुखहरु सहभागी थिए । यस पटक ६५ जना मन्त्री हुनसक्ने अनुमान भारतीय मिडियाहरुले लगाएका छन् । सन् २०१४ मा ३५ मन्त्रीहरुले सपथ ग्रहण गरेका थिए । तर पछि बढेर मन्त्रीहरुको संख्या ७६ पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : राजनीतिशास्त्री प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

‘ऐतिहासिक दिन’ : अमेरिका–इरानबीच पाकिस्तानमा प्रत्यक्ष वार्ता, सकारात्मक वातावरणमा छलफल

सम्बन्धित

एसपीपी पास गर्नै दिनुुहुन्न, नेकपा नेता, गुरुङ भिडियो

आईपीएल क्रिकेटमा लखनउले कोलकातालाई हरायो

इरान पाकिस्तानमा हुने वार्तामा सहभागी हुने

New Politics, Old Habits: Balen Shah’s Kitchen Cabinet Fuels Cronyism Debate

इरानद्वारा खसालिएको अमेरिकी लडाकु विमानका बेपत्ता पाइलटको खोजी तीव्र

काठमाडौंका पूर्व सीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com