ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शान्ति, स्थिरता, विकास, समृद्धि र सुशासन मुलुकको अन्तिम गन्तव्य होः प्रधानमन्त्री


एबीसी न्यूज


काठमाडौं, १५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मसिद्ध श्रेष्ठताको पराधीन मानसिकता नेपालीको गौरवपूर्ण संस्कृति हुनै नसक्ने बताउनुभएको छ ।

गणराज्यहरुबाट शुरु भएको मुलुकको गौरवपूर्ण इतिहास, प्राचीन सभ्यता र स्वतन्त्रता उच्च रहेको उल्लेख गर्दै उहाँले जन्मसिद्ध श्रेष्ठताको भ्रमपूर्ण कथ्य वैज्ञानिक सत्यतामा आधारित नभएको स्पष्ट गर्नुभयो । बाह्रौँ गणतन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मूल समारोह समितिका संयोजकसमेत रहनुभएका प्रधानमन्त्री ओलीले जनताले प्राप्त गरेका उपलब्धिलाई अस्वीकार गर्ने र उपलब्धिको अपमान गर्ने व्यवहार लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने बताउँदै गणतन्त्रलाई संस्थागत गरी जनजीवनको सार्थक अभ्यासमा उतार्न पनि यसको गरिमा र मर्यादालाई कायम राख्नुपर्नेमा जोड दिनुभयो ।

प्राचीन इतिहास स्मरण गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “हाम्रो इतिहासमा राजा भनेर चिनिने प्राचीनकालका अगुवाहरु खासमा गणनायकहरु थिए, उनीहरु जनताबाट चुनिन्थे, पछिल्ला समयका जस्ता वंशाणुगत क्रममा अलोकतान्त्रिक विधिबाट सत्तामा पुगेका सामन्तवादका संरक्षक राजा थिएनन् ।” विद्वताको गौरवशाली परम्परा भएको प्राचीन मिथिलामा महर्षिहरुले नायकत्व गरेको र प्राचीन शाक्य गणराज्यका शुद्धोधन पनि गणनायक रहेको बताउँदै प्रधानमन्त्री ओलीले मानवीय जीवनका दुःख, पीडा, द्वन्द्व र अशान्तिको अन्त्यहीन शृङ्खला देखेर सिद्धार्थ गौतमले त्यस्तो कुचक्रको अन्त्य गर्न पारिवारिक माया र स्नेह तोडेर ज्ञानको खोजीमा निस्किएको स्मरण गर्नुभयो । चार सय ६१ वर्षअघि हरेक साल लिगलिगकोटमा हुने दौडमा जसले जित्थ्यो ऊ नै वर्षभरिका लागि राजा हुने परम्परा रहेको उल्लेख गर्दै उहाँले त्यस बेलाको मुलुकको गौरव गर्नलायक इतिहासमा अनेकौँ बाहुबल, जालझेल र षड्यन्त्रले आफ्ना सन्तानलाई शासक बनाउने सामन्ती राजतन्त्रको शृङ्खला शुरु गरिएको बताउनुभयो ।

“आजको दिन त्यो शृङ्खलाको अन्त्य गरी आफ्नै मौलिक परम्पराअनुरुप जनताको शासन स्थापना गरिएको गौरवमय ऐतिहासिक दिन हो, यो जनताको विजय र कुलीनतन्त्रको पराजय भएको दिन हो, बलपूर्वक थोपरिएको अन्यायको विरुद्ध न्यायको जीत भएको दिन हो”, प्रधानमन्त्रीले भन्नुभयो । शान्ति, स्थिरता, विकास, समृद्धि र सुशासन मुलुकको अन्तिम गन्तव्य भएको बताउँदै प्रधानमन्त्री ओलीले नेपाली जनतामा लोकतन्त्रको सार्थक अनूभूति गराउने अभियानमा सरकार लागेको बताउनुभयो । “सुशासन र विकास आजको प्राथमिकता हो, हाम्रो पाइला त्यतातर्फ अग्रसर छ”, प्रधानमन्त्रीले थप्नुभयो । एक वर्षका अवधिमा सुशासन र विकासका लागि अवरोध पु¥याउने असान्दर्भिक ठहरिएका कतिपय नीति, विधि र संरचना परिवर्तन, परिमार्जन र खारेज गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले समृद्ध नेपाल र सुखी नेपालीको गन्तव्यमा अघि बढ्ने दृढ इच्छाशक्ति भएको प्रगतिशील, देशभक्त र जनपक्षीय सरकार र सात प्रदेश तथा ७५३ वटै सरकारलाई एउटै लय र तालमा समृद्धिको गन्तव्यतर्m अग्रसर गराउनु मुख्य दायित्व भएको बताउनुभयो । प्रधानमन्त्रीले छिमेकी सम्बन्ध र मित्रराष्ट्रसँगको कूटनीतिले आवश्यक स्रोत, साधन र सामथ्र्यको प्रयोग र सहकार्यमा थप अनुकूलता मिलेको बताउनुभयो । उहाँले संविधान विपरीत राष्ट्रिय अखण्डतामाथि चुनौती बनिरहेका शक्तिसमेत मूलधारमा समाहित भएको तथा अस्थिरताको पक्षपोषण गर्ने शक्ति छट्पटाइरहेकोे जिकिर गर्नुभयो । उहाँले गणतन्त्रलाई जनताको जीवनस्तर उकास्नका लागि सरकार रोजगारीको अवसर सिर्जना गर्ने, उत्पादन वृद्धि र उपभोग्य वस्तुमा आत्मनिर्भरता बढाउने तथा विकासका आयोजनाको गति बढाउन लागिपरेको बताउनुभयो । जनताको अनुहार मलीन हुने विवशताको अन्त्य गर्ने सङ्कल्पलाई सार्थक बनाउन सरकारको दृढ उद्देश्य रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसका लागि विभिन्न पेशा, क्षेत्र, व्यवसायका व्यक्तिको साथ रहने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै होइन समग्र सामाजिक रुपान्तरणको व्यवस्था हो,, सर्वजन हितायः सर्वजन सुखायः हाम्रो गणतन्त्रको आत्मा हो ।”

आजको दिन गणतन्त्रको सार्थक अभ्यासप्रति सचेत हुने, आफूले निर्वाचित गरेको सर्वाेच्च संस्थाको मर्यादामा सजग हुन अभिप्रेरित गर्ने र गणतन्त्रको मर्यादा गर्न सिकाउने उहाँले बताउनुभयो । गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा भएको कार्यक्रममा राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री एवं रक्षामन्त्री, गृहमन्त्रीलगायत उच्चपदस्थ सरकारी अधिकारी तथा सुरक्षा अधिकारीको सहभागिता थियो । समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले कवाज र मार्चपाष्ट प्रदर्शन गरेको थियो भने काठमाडौँ र ललितपुर महानगरपालिकालगायत उपत्यकाका विभिन्न नगरपालिकाबाट मौलिक संस्कृति र वेशभूषा झल्कने सांस्कृतिक झाँकी र नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टिसमेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com