ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वाधीन, समुन्नत र समृद्ध देशको रूपमा स्थापित पसिना बगाऊँ : मुख्यमन्त्री पौडेल


एबीसी न्यूज

हेटौँडा, १५ जेठ (रासस) : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले देशलाई अविकास, पछौटेपन र गरीबीको दुष्चक्रबाट उन्मुक्त बनाउँदै स्वाधीन, समुन्नत र समृद्ध देशको रूपमा स्थापित गर्न अबको पुस्ताले श्रम र पसिना बगाउनुपर्ने बताउनुभएको छ ।

गणतन्त्र दिवसको उपलक्ष्यमा आज आयोजित विशेष कार्यक्रममा मुख्यमन्त्री पौडेलले विगतमा जस्तो रगत बगाउनुपर्ने अवस्था अबको पुस्ताको नरहेको बताउनुभयो । उहाँले २००७ सालमा राणा शासनको अन्त्यका लागि शुरु भएको आन्दोलनदेखि निरङ्कुश पञ्चायती व्यवस्थाविरोधी आन्दोलन, बहुदलीय प्रजातन्त्रको स्थापनादेखि आजसम्म भएका जनताको हरेक आन्दोलनको समष्टिरुप गणतन्त्र रहेको बताउनुभयो । पौडेलले राणा शासनको अन्त्यदेखि सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात शहीदहरुप्रति श्रदासुमन एवं सम्मान व्यक्त गर्दै शहीदहरुले देखाएकोे बाटोमा अविराम अविचलित रूरुपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “आज गणतन्त्र दिवसको अवसरमा यहाँ उपस्थित भइरहँदा हाम्रासामु अनेकन अवसर र चुनौती छन् ।

लामो समयदेखि देशमा विद्यमान राजनीतिक अस्थिरताको अन्त्य भएको छ । नेपालको संविधानले व्यवस्था गरेबमोजिम तीन वटै तहका सरकार गठन भई क्रियाशील रहेका छन् । विकास र समृद्धिको युगको आरम्भ भएको छ । हामीले जनतासामु गरेका प्रतिबद्धता नीति, योजना र कार्यक्रम तर्जुमा केन्द्रित गरिएका छन् ।

जनताका मनमा आशा र उत्साहको सिर्जना भएको छ । नेपाल बन्छ, बनाउन सकिन्छ र गरे सम्भव छ भन्ने आत्मविश्वास जागेको छ । विगतमा हामी कहाँ, कस्तो अवस्थामा थियौँ, त्यसतर्फ प्रवेश गर्न चाहन्नँ, त्यसको हामी सबैले महसुस गरेका छौँ । विगतका कार्य व्यवहारमा कोही कसैप्रति आरोपित गर्न वा आक्षेप लगाउनुभन्दा विगतको सन्दर्भबाट शिक्षा लिँदै उज्यालो भविष्य निर्माण गर्ने दायित्व र अवसर हाम्रो सामुन्ने छन् । यस अवसरमा देश र नागरिकप्रतिको दायित्व पूरा गर्न प्रदेश सरकारको तर्फबाट प्रतिबद्धता व्यक्त गर्न चाहन्छु”, उहाँले भन्नुभयो ।

भ्रष्टाचारप्रतिको शून्य सहनशीलता, योजना कार्यान्वयमा चुस्तता, सबै तहका राष्ट्रसेवक कर्मचारीको कार्यसम्पादन सम्झौता र सोहीअनुसार मूल्याङ्कन पद्धति, प्रशासनिक कार्यहरुमा हुने ढिलासुस्तीको अन्त्य, प्रविधिको उच्चतम उपयोग, जनतामा सामाजिक सुरक्षाको प्रत्याभूति, कानूनी तथा नीतिगत स्पष्टता, उद्योग एवं लगानीमैत्री वातावरणको निर्माण, वैज्ञानिक भू–उपयोग नीतिलगायतका विषयलाई उच्चतम् प्राथमिकता दिँदै प्रदेश सरकार अघि बढेको उहाँले उल्लेख गर्नुभयो । शून्य अवस्थाबाट कार्यालय एवं कर्मचारी व्यवस्थापन, ऐन कानूनको प्रबन्ध गर्दै एक वर्षको समयमा प्रदेश नं ३ सरकारले जे–जस्ता योजना र कार्यक्रमहरु अघि सारेको छ यसबाट प्रदेश सरकारप्रति विस्तारै जनताको विश्वास र अपनत्व बढेको महसुस गरेको उहाँको भनाइ थियो ।

मुख्यमन्त्री पौडेलले हातमा सीप र पाखुरीमा बल भरिएका हजारौँ युवालाई राष्ट्र निर्माणको महाअभियानमा जोड्न सकिए ‘सुखी नेपाली, समृद्ध नेपाल’ निर्माणको राष्ट्रिय सङ्कल्प पूरा गर्न सकिने उल्लेख गर्नुभयो । कार्यक्रमा प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले शहीदहरुको योगदानको कदर भए÷नभएको मूल्याङ्कन गरिनुपर्ने बताउनुभयो । प्रदेश प्रमुख अनुराधा कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा प्रदेशका मन्त्री तथा विशिष्ठ व्यक्तित्वको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com