ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रीमानले गरीबीका कारण आत्महत्या गरेपछि, श्रीमतीसहित पाँच छोराछोरीको बिचल्ली


एबीसी न्यूज

गलेश्वर, १४ जेठ । दैनिक ज्याला मजदूरी गरेर जीविका चलाउँदै आएका उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबाका अमबहादुर राम्जालीले गरीबीका कारण आत्महत्या गरेपछि उहाँको परिवार बिचल्लीमा परेको छ ।

चरम गरीबीका कारण छोराछोरीलाई पेटभरि खानसमेत दिन नसकेको पीरले राम्जालीले आत्महत्या गरेपछि श्रीमतीसहित पाँच छोराछोरीको बिचल्ली भएको हो । दुई वर्षअघि लोग्नेले यो संसार छाडेर गएपछि छिमेकीको घरमा बस्दै आएकी अमबहादुरकी श्रीमती डल्लीले पाँच छोराछोरीलाई बिहान–बेलुकी हातमुख जोड्न र विद्यालयमा पढाउन निकै समस्या भएको बताउनुभयो । बिदा र फुर्सदको समयमा गाउँमा काम गरेर सङ्कलन गरेको पैसाले घरखर्च र शैक्षिक सामग्री खरीद गर्ने गरेको कैशाल माविको कक्षा १० मा अध्ययरत रामजालीकी छोरी कुशुमले बताइन् ।

“अर्काको घरमा बस्छौँ, चुल्होमा मिठो खानेकुरा पाक्दैन”, उनले भनिन् । उनले छिमेकी र आफन्तलाई मागेर खानुपर्ने बाध्यतालाई लुकाउने कैयौँ रात भोकै सुत्नु परेको बताइन् । गरीबीको कारण जेठी छोरी कुमारी राम्जालीले एसइई उत्तीर्ण गरेपछि पढाइ छाडेर घरखर्च जुटाउन दैनिक छिमेकीको खेतमा काम गर्ने गरेकी छन् । कुमारीले भाइबहिनीको पढाइलाई निरन्तरता दिन ज्याला मजदूरी गर्नुपरेको वडा सदस्य मनकुमार गर्बुजाले जानकारी दिनुभयो । गाउँलेको खेतबारी तथा मेलापर्वमा काम गरेर कुमारीले खर्ज जुटाउने गर्नुभएको छ । उहाँका अनुसार कुमारी पढाइमा समेत अब्बल भए पनि गाउँबाट उच्च शिक्षाका लागि सदरमुकाम जान सक्ने अवस्था नभएकाले घरमै बसेर मेलापात गरी आमा र भाइ बहिनीको हेरचाह गर्नुभएको हो । कुमारीको ज्याला मजदूरीबाट कुसुमले कक्षा १०, कुमारले कक्षा आठ, करिना कक्षा चार र काजल कक्षा चारमा पढ्दै आएका छन् ।

करिना र काजल जुम्ल्याहा हुन् । पढ्ने वातावरण भएमा राम्जालीका छोराछोरी पढाइमा अब्बल रहेको विद्यालयका प्रधानाध्यापक शेरबहादुर गर्बुजाले बताउनुभयो । उहाँले विद्यालयबाट समेत आवश्यक सहयोग गर्ने गरेको बताउनुभयो । “उनीहरूलाई सहयोगको आवश्यकता छ, आफ्नो खर्च आफँै जुटाउनुपर्ने अवस्थामा छन्”, गर्बुजाले भन्नुभयो । द्वन्द्व प्रभावितका लागि सहयोग वितरण पोखरामा मुख्य कार्यालय रहेको ‘कोपिला नेपाल’ नामक संस्थाले म्याग्दीका द्वन्द्व प्रभावित परिवारलाई शैक्षिक र आर्थिक सहयोग गरेको छ । सदरमुकाम बेनी र पश्चिम म्याग्दीको दरवाङका गरी १७ द्वन्द्व प्रभावितका बालबालिकालाई प्रतिव्यक्ति रु एक हजार ५०० बराबरका शैक्षिक सामग्री र १५ द्वन्द्व प्रभावित परिवारलाई प्रतिव्यक्ति रु आठ हजारका दरले आयआर्जनका लागि सहयोग गरिएको कोपिला नेपालका सामाजिक सहजकर्ता भुवन सापकोटाले जानकारी दिनुभयो ।

सापकोटाले दिएको जानकारीअनुसार जिल्ला प्रशासन कार्यालयबाट प्राप्त द्वन्द्व प्रभावितका तथ्याङ्कका आधारमा स्थानीय जनप्रतिनिधिको रोहवरमा सहयोग सामग्री र रकम वितरण गरिएको हो । सोही अवसरमा बालबालिका र द्वन्द्व प्रभावितलाई मनो–सामाजिक तालीम पनि प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com