ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काङ्ग्रेस वडाध्यक्षको असन्तुष्टि


एबीसी न्यूज

पोखरा, १४ जेठ । पोखरा महानगरका गतिविधिमा नेपाली काङ्ग्रेसबाट प्रतिनिधित्व गर्ने वडाध्यक्षले असन्तुष्टि व्यक्त गरेका छन् । पोखरा महानगरपालिकामा जनप्रतिनिधि पदस्थापना भई काम गरेको दुई वर्ष कार्यकाल बितेको अवस्थामा वडा नं २, ३, ४, ६, ९, १०, ११, १२, २३, २७ र ३२ का नेपाली काङ्ग्रेसका नेता तथा सचेतक रामराज लामिछानेले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

विसं २०७४ वैशाख ३१ गते निर्वाचन सम्पन्न भई २०७४ जेठ १४ गते महानगरपालिकामा निर्वाचित जनप्रतिनिधिको पदस्थापना भएको थियो । नेपाली जनतामा २०औँ वर्षपछि भएको स्थानीय तहको निर्वाचनपश्चात आम नागरिकको जुन आशा र भरोसा थियो, त्यो पूरा हुननसकेको विज्ञप्तिमा उल्लेख छ । “आम नगारिकको मतअनुरूप पोखरा महानगरपालिकामा तत्कालीन एमालेले प्रमुख, उपप्रमुखलगायत अध्यक्षमा बहुमत ल्याएको छ”, विज्ञप्तिमा भनिएको छ, “तर पोखरा महानगरपालिका प्रमुख कहिले सालिक, कहिले डोजर काण्डलगायतमा रुमल्लिएको पाइएको छ, यसले आम नागरिकमा नैराश्य छाएको छ ।”

स्मार्ट सिटीका नाममा पृथ्वीचोकमा भएको सालिक भत्काइनु, फेरि उल्टै पैसा दिएर बनाउन लगाउनु, फिर्के खोला मिचेर बनाउन लागेका संरचनाका लागि पैसा दिने तर विभिन्न सङ्घसंस्थाको विरोधपछि फिर्ता लिनेजस्ता कामले पनि नगरवासी महानगरको कामप्रति असन्तुष्ट बनेको विज्ञप्तिमा उल्लेख छ । पोखरालाई सुन्दर बनाउने भनी मापदण्डको विषयलाई उठाइए पनि मापदण्ड मिच्ने व्यक्तिलाई नै संयोजक बनाइएको उल्लेख गर्दै विज्ञप्तिमा ठूलाठूला महल तथा व्यक्तिका लागि मापदण्ड आए पनि यसबाट निमुखा वर्गका व्यक्तिलाई मार परेको विज्ञप्तिमा भनिएको छ ।

विसं २०७५ चैत मसान्तभित्र प्रतिवेदन दिने गरी २०७५ फागुन १० गतेको कार्यपालिकाको बैठकमा दलका नेता तथा सचेतक रामराज लामिछानेको संयोजकत्वमा छानबिन समिति बनेको सो समितिले २०७६ वैशाख ६ गते प्रतिवेदन बुझाए पनि त्यसको कार्यान्वयन हुने छाँटकाँट नदेखिनु दुखद् भएको काङ्ग्रेसले जनाएको छ । आफ्नो वडाको सरसफाइ वडाले गर्न नपाउनु, जनताको ढाड सेक्ने गरी चौगुना कर बढाउनु, ट्राफिक व्यवस्थापन, पार्किङ, छाडा चौपायाजस्ता समस्याको समाधान गर्न नसकेर पोखरा झन् कुरुप भएको विज्ञप्तिमा भनिएको छ । आर्थिक वर्ष २०७५÷७६ का लागि २०७५ असार १० गतेको नगरसभाले पारित गरेको बजेट एकलौटी ढङ्गले फेरबदल गरी २०७५ भदौ २५ गते रातो किताबमा सार्वजनिक गरेर एकलौटी ढङ्गले महानगर चलाउन लागेको विज्ञप्तिमा आरोप लगाइएको छ ।

महानगरमा धेरै आर्थिक अपारदर्शिता, कमजोर सुशासन र कर्मचारी प्रशासन राम्रोसँग सञ्चालन नभएको उल्लेख गर्दै विज्ञप्तिमा सिंहदरबारको अधिकार वडावडामा भनिए पनि सिफारिसबाहेक कुनै पनि आर्थिक अधिकार नदिइएको जनाइएको छ । –––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com